• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

भरोसा पुगेका शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना



काठमाडौं । ‘फुड प्वाइजन’ का कारण शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्। बिहीबार अपराह्नदेखि उनी पाटन अस्पतालमा छन्।

मन्त्री पोखरेल गण्डकी मेडिकल कलेजको विवादसम्बन्धी छलफल सकेलगत्तै भरोसा अस्पताल पुगेका थिए । भरोसामा परीक्षण भएसंगै चिकित्सकको सल्लाहामा अस्पताल भर्ना भएका हुन्।

मन्त्री पोखरेलका स्वकीय सचिव जीवन गौतमका अनुसार मन्ी पोखरेलले मधुमेहको औषधि सेवन गर्दै अहिले मन्त्रीको सामान्य अवस्था रहेको जानकारी दिए।