१४ आश्विन २०८१, सोमबार
,
Latest
सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको कामको गुन तिर्छौँः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताउनुभएको छ । 

पत्रकारसँग आज कुराकानी गर्दै उहाँले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि १ संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ ।” उहाँले थप्नुभयो, “हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि १ गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।” 

सहयोग न्यायपालिकालाई सहयोग गर्दै जाने उहाँको भनाइ थियो । प्रधानन्यायाधीश डिस्चार्ज भएर आउनुभएको भन्दै उहाँले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने उहाँले बताउनुभयो । 

फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारले यही मङ्सिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने बताउनुभयो । एमालेले संसद् बैठक अवरुद्ध गर्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “उहाँहरुले सुरुदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो । त्यसैगरी चल्छ ।” उहाँहरुको नियत चाहिँ ठीक छैन भन्नेकुरा पूरै नेपालीले देखिसकेको उहाँको भनाइ थियो । 

उहाँले थप्नुभयो, “अहिले महाधिवेशन गरेपछि सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो भन्ने कुरा आजको  वक्तव्यबाट देखियो ।” पेल्ने भन्ने कुरा नभएको भन्दै उहाँले सदनबाट गर्नुपर्ने काम अघि बढ्दै जाने बताउनुभयो । अहिले तत्काल निर्वाचन सम्भव नभएको उहाँको भनाइ थियो । उहाँले निर्वाचनका लागि आयोग र राजनीतिक दलसँग सल्लाह गरेर मात्रै निर्वाचन अघि बढ्ने बताउनुभयो । अहिले निर्वाचनको टुङ्गो लागि नसकेको भन्दै उहाँले भन्नुभयो, “मलाई जहाँसम्म लाग्छ तत्काल निर्वाचन हुँदैन ।”