६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको कामको गुन तिर्छौँः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताउनुभएको छ । 

पत्रकारसँग आज कुराकानी गर्दै उहाँले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि १ संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ ।” उहाँले थप्नुभयो, “हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि १ गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।” 

सहयोग न्यायपालिकालाई सहयोग गर्दै जाने उहाँको भनाइ थियो । प्रधानन्यायाधीश डिस्चार्ज भएर आउनुभएको भन्दै उहाँले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने उहाँले बताउनुभयो । 

फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारले यही मङ्सिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने बताउनुभयो । एमालेले संसद् बैठक अवरुद्ध गर्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “उहाँहरुले सुरुदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो । त्यसैगरी चल्छ ।” उहाँहरुको नियत चाहिँ ठीक छैन भन्नेकुरा पूरै नेपालीले देखिसकेको उहाँको भनाइ थियो । 

उहाँले थप्नुभयो, “अहिले महाधिवेशन गरेपछि सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो भन्ने कुरा आजको  वक्तव्यबाट देखियो ।” पेल्ने भन्ने कुरा नभएको भन्दै उहाँले सदनबाट गर्नुपर्ने काम अघि बढ्दै जाने बताउनुभयो । अहिले तत्काल निर्वाचन सम्भव नभएको उहाँको भनाइ थियो । उहाँले निर्वाचनका लागि आयोग र राजनीतिक दलसँग सल्लाह गरेर मात्रै निर्वाचन अघि बढ्ने बताउनुभयो । अहिले निर्वाचनको टुङ्गो लागि नसकेको भन्दै उहाँले भन्नुभयो, “मलाई जहाँसम्म लाग्छ तत्काल निर्वाचन हुँदैन ।”