• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ

विप्लवले गर्यो प्रचण्डका व्यवसायीक पार्टनर सुमार्गीको जग्गा कब्जा



पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वले ब्यावसायी अजयराज सुमार्गीको जग्गा कब्जा गरेको छ । सुमार्गीको पोखारस्थित २५ रोपनी जग्गा कब्जा गरेको जनाएको छ ।

एका विहानै पोखरा महानगरपालिका शिशुवामा रहेको २९०६,५७०३,२९१०,५६९८,५७००, ७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ किता नं. रहेको २५ रोपनी क्षेत्रफल भएको जग्गा कब्जा गरिको सो पार्टीले जनाएको छ ।

नेपालको एकनम्बर नवधनाढ्य सुमार्गीले महानगरपालिका वडा नं. १२ निवासी बद्रीप्रसाद आचार्यसँगको मिलिमतोमा २०७१ असोज २६ मा श्री प्रालिले सोवाचन्द्र सिग्देल,रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देललाई थाहै नदिई अजयराज सुमार्गीले आफ्नो नाममा गरेको स्रोतमा उल्लेख गरिएको छ ।

सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रालिले विनाखवर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउँदा जग्गा विवादित बनेको हो । पिडित परिवारले न्यायको लागि जनपरिषद कास्कीमा गरेको निवेदन र आवश्यक छानविनका आधारमा पिडित पक्षलाई न्याय दिनका लागि सो जग्गा कब्जा गरेको नेकपा कास्कीले जनाएको छ । सुमार्गी प्रचण्डका व्यवसायीक पार्टनर हुन् ।