१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन देख्दैन विमानस्थल भन्सारको एक्सरेले



अ+ अ-

काठमाडौं । केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ‘एक्सरे’ मेसिन पार गरी ठूलो परिमाणमा सुन बाहिर ल्याइयो।

त्यसरी सुन फुत्काउन संलग्न भन्सार कर्मचारी र उच्च तहका प्रहरी अधिकारीमाथि अनुसन्धान जारी छ। भन्सारको एक्सरे मेसिन र बाक्लो संख्यामा प्रहरी परिचालन भएको स्थानबाट सुन कसरी सहजै बाहिरिन्छ रु यसको चित्तबुझ्दो जवाफ कुनै निकायले दिन सकेको छैन। विमानस्थलबाट निषेधित वस्तु फुत्किन्छन् या मिलेमतोमा फुत्काइन्छ भन्ने विषयमा गम्भीर अनुसन्धान पनि हुन सकेको छैन।

गत सोमबार वैदेशिक रोजगार पूरा गरी मलेसियाबाट फर्किएका तीन नेपालीलाई विमानस्थल प्रहरीले पक्राउ गर्‍यो। उनीहरू पक्राउ पर्नुको कारण थियो, ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ बोक्नु। विदेशबाट आउने नेपालीले दुई सय खिल्ली चुरोट र ५० खिल्ली सिगार ल्याउन पाउँछन्।

यस्तै विदेशी नागरिकले दुई सय ५० खिल्ली चुरोट, आधा किलो सुर्ती र ५० खिल्ली सिगार ल्याउन पाउने व्यवस्था छ। मलेसियन एयरलाइन्सबाट आएका सुनसरीका कमलनारायण विश्वास, मोरङका शैलेन्द्र माझी र नुवाकोटका प्रकाश थपलियालाई भन्सार क्लियरेन्स गरी बाहिरिनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले विश्वासको साथबाट तीन सय ४४, माझीको साथबाट नौ सय ८०, थपलियाको साथबाट सात सय ३५ बट्टा सुर्तीजन्य पदार्थ बरामद गरेको थियो। पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालयको जिम्मा लगाइएको छ। भन्सार कार्यालयका अधिकारीले गल्ती भएको स्विकारेका छन्। एक अधिकारीले भने, ‘गल्ती भयो, एक्सरेले देखेन।’ प्रहरी अधिकारी भन्छन्, ‘एक्सरे नदेख्नु आश्चर्यजनक भयो।’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रशासक गजेन्द्र ठाकुरले एक्सरे मेसिनले सुर्तीजन्य पदार्थ नदेखाएको बताए।

ठाकुरले भने, ‘एक्सरे मेसिनले नदेखाउनु गम्भीर विषय हो। यो घटनाले हामीमाथि थप चुनौती थपिएको छ। अब गम्भीर छानबिन गर्छौं।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।




भर्खरै