१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

रात्रिकालीन राजधानी, रंगिन दुनियाँ कि विकृतिको अड्डा ?

रात्रिकालीन राजधानी, रंगिन दुनियाँ कि विकृतिको अड्डा ?
अ अ+ अ-

काठमाडौं । संघीय मुलुक नेपालका राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन् । फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भरिएको छ । राजधानीले शुक्रबार राति काठमाडौंलाई नियाँल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको हो ।

निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य :
‘जाने हो ?’
स्कुटर घ्याच्च रोकियो । उत्ताउलो पहिरनमा सजिएकी एक सुन्दर युवतीको आग्रह थियो त्यो ! जो कोहीलाई पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो । एकछिन बार्गेनिङ भयोे र एक ग्राहक तिनै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन !
रातको १० बजेको छ । ठमेल आसपास धेरै यौनकर्मी महिला र तेस्रो लिंगी सलबलाउन थालिसकेका छन् । युरोप र अमेरिकाको संगत गरेको ठमेल ह्याप्पी फ्राइडेको नशामा डुबेको छ । ठमेलका रात्रिकालीन व्यवसाय मस्त र व्यस्त रूपले चलिरहेछ । डान्स बार, पव, डिस्को र दोहोरीमा विदेशीभन्दा नेपाली युवायुवतीकै चहलपहल बढी देखिन्छ । झन्डै रातभरजस्तो डान्स बार, पव, डिस्को र दोहोरीभित्र रंगिन संसारमा मस्त बन्ने ठमेल सुस्ताउँदै जाँदा बाहिर अर्को माहोल बनिसक्छ ।

रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन उमेर नपुगेकालाई प्रवेश गर्न प्रशासनले रोक लगाएको छ । तर पनि १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरूको आवतजावतसमेत सहजै भइरहेको देखिन्छ । महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार प्रहरीले कडाइ गरेका कारण उमेर नपुगेकालाई प्रवेश दिने क्रम रोकिएको छ । प्रहरीले यसबारे जनगुनासो बढेपछि छुट्टै योजना अपरेसन नै चलाएर रात्रिकालीन व्यवसायमा बालबालिकालाई काममा लगाउन नपाइने र यस्ता मनोरञ्जनका नाममा प्रवेशमा कडाइ गरेको थियो । यस्तो भेटिएका व्यवसायीलाई कारबाही हुने तथा किशोर किशोरीलाई नियन्त्रणमा लिई सचेत गराउने तथा अभिभावकको जिम्मा लगाउने गरिएको छ । प्रहरीले दैनिक रूपमा निगरानी नगर्ने भए तापनि विभिन्न अवस्थामा गरिने चेकजाँचका क्रममा बालबालिकाको प्रवेशमा नियन्त्रण देखिएको एसएसपी लामाको दाबी छ । कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

रत्नपार्क

‘दाइ जाने हो’
‘कति ?’
एक १३००, होल नाइटको ५००० !
‘रुमको यसैमा !’
रत्नपार्क आसपास राती ९ बजे कानमा ठोकिएको आवाज हो यो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीलगायत रत्नपार्क क्षेत्रमा यसैगरी बार्गेनिङ चलिरहेका छन् अर्थात् जवानीको मोलतोल यसरी नै भइरहेछन् । यौनकर्मी महिला तथा तेस्रो लिंगीको बिगबिगी छ । कोही नयाँ देख्नेबित्तिकै उनीहरू नजिक पुग्छन् र टाँसिँदै बार्गेनिङ सुरु गरिहाल्छन् । केही असहज जवाफ आउनेबित्तिकै गाली गर्न थाल्छन् । काठमाडौंको रात्रिकालीन समयलाई लिएर अनेक चर्चा परिचर्चा चल्ने गरेका छन् । विशेषगरी यौनकर्म र अपराधले भरिएको राजधानीको रात्रिकालीन समय पछिल्लो समय मनोरञ्जनको माध्यम बन्न पुगेको छ ।
भीआईपीको दबदबा रहेको दरबारमार्ग क्षेत्र, बसपार्क, चाबहिललगायतका स्थानका रात्रिकालीन व्यवसायसमेत अधिकांश नेपाली युवायुवतीले नै धानेको देखिन्छ । मनोरञ्जनको रंगिन दुनियाँमा रमाउँदै गर्दा समाजमा बढेका यस्ता नकारात्मक गतिविधिले राजधानी विकृतिको नमुना सहरका रूपमा विकसित हुँदै गएको छ ।

स्कुटीमा सर्भिस

दरबारमार्ग, ठमेलको सञ्चयकोष क्षेत्र, नसिङचोक ज्याठा तथा रत्नपार्क आसपास क्षेत्रमा रातिको समयमा तेस्रो लिंगी तथा यौनकर्मी महिलाको बिगबिगी हुने गरेको छ । एकैछिन फुटपाथ वा त्यस क्षेत्रमा कोही उभिनु मात्रै पर्छ, यस्ता धेरै अफर आइपुग्छन् । पछिल्लो समय यौनकर्मीहरूले स्कुटी लिएर विभिन्न होटल, अर्पाटमेन्ट र डेरामा पु¥याएर धन्दा चलाउने गरेको देखिएको छ । यौनकर्मीले यसलाई पेसाकै रूपमा प्रयोग गरेका छन् भने अपराधमा समेत संलग्न हुने गरेका कारण र सोही आम्दानीबाट स्कुटीमा सर्भिस दिने अवस्थामा पुगेको प्रहरीको दाबी छ ।

अपराध नियन्त्रणमा चुनौती

प्रहरीका अनुसार यस्ता क्षेत्रमा विभिन्न मनसाय लिएर यस्ता व्यक्ति आउने गरेका छन् । यस्ता यौनकर्मी तथा तेस्रो लिंगीबाट लुटिएको, कुटपिटमा परेको लगायतका घटना आउने गरेका छन् । महानगरीय प्रहरी प्रभाग दरबारमार्गका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार पछिल्लो समय यस्ता घटनामा कमी आएका छन् । यद्यपि वाक् स्वतन्त्रतालाई सुनश्चितता गर्ने क्रममा सम्पूर्ण समुदायलाई नै मुछ्न नमिल्ने भएकाले प्रहरीमा उजुरी परेको अवस्थामा कारबाही गर्ने गरिएको घिमिरेको भनाइ छ ।

बार्गेनिङमा ट्याक्सी ड्राइभरदेखि बालकसम्म

यी स्थानमा लागूऔषध बेचबिखनदेखि यौन कार्यका लागि प्रहरीको आँखा छलेर ट्याक्सी ड्राइभर, कम उमेरका बालबालिकालगाायतको प्रयोग हुने गरेको देखिन्छ । स्वदेशी तथा विदेशीसम्मलाई प्रभावमा पार्न कम उमेरका बालबालिकालाई प्रयोग गर्ने तथा कमिसनलगायतका विभिन्न बहानामा ट्याक्सी ड्राइभर प्रयोग हुने गरेको प्रहरी बताउँछन् । राजधानी दैनिकमा खबर छ ।