१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीको एल्बम विमोचन



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गीति सिर्जनाको प्रशंसा गरेका छन् ।खनालको नयाँ गीति संग्रह ‘परिवर्तनका स्वरहरू भाग–२’ शनिबार काठमाडौंमा एक समारोहबीच विमोचन गर्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री खनालका गीत प्रभावशाली रहेको बताए ।


विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘दिनभर व्यस्त रहेर पनि समय निकालेर झलनाथजीले यति राम्रो सिर्जना गर्नुभएको छ । उहाँको सिर्जनशीलता धेरैका लागि प्रेरणाको स्रोत हुन सक्छ ।’ प्रधानमन्त्री ओलीले अगाडि थपे, ‘विगतमा पनि एल्बम निकाल्नुभएका खनालका गीतमा देश प्रेम तथा राष्ट्रिय एकताको भावना रहेकाले उहाँको गीतमा पनि मुलुक परिवर्तनतर्फ गएको संकेत देखिन्छ ।’


पूर्वप्रधानमन्त्री एवं गीतकार खनालले भने, ‘सामाजिक रूपान्तरण, विकासमा जोड, स्वतन्त्रता र राष्ट्रिय एकता एवं स्वाभिमानका विषयमा केन्द्रित रहेर मैले गीत लेख्दै आएको छु । प्रायः फुर्सदको समयमा मेरो गीत फुर्ने गरेको छ ।’ अहिले निकालेको गीति संग्रहमा आफूले २०६२ पछि लेखेका गीतहरू रहेको पनि उनले प्रकाश पारे । देश समृद्ध बनाउनका लागि अब स्रष्टाले विकास र निर्माणका साथै समृद्धिका पक्षमा कलम चलाउनुपर्ने भनाइ पनि उनले सो कार्यक्रममा राखे ।

कार्यक्रम आयोजक संस्था जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्रीले खनालका गीत प्रगतिशीलसँगै सन्देशमूलक रहेको बताए । प्रगतिशील संस्कृतिको विकासबिना राष्ट्र समृद्ध बन्न कठिन हुने बताउँदै उनले सो कुरा खनालका गीतमा पनि रहेको जिकिर गरे । जनसांस्कृतिक महासंघका संयोजक खगेन्द्र राईले पनि पूर्वप्रधानमन्त्री खनाल साहित्यिक व्यक्ति भएको र उनको गीति सिर्जना क्षमता पशंसनीय रहेको बताए । महासंघका महासचिव प्रेमनाथ अधिकारीले खनालका गीतले समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने जिकिर गरे ।


खनालको यो गीति संग्रहमा १० वटा गीत छन् । संग्रहमा देशको माया…., एकता…., अग्रगामी…., युवा…., श्रमिक….इलामका‘सहितका गीतहरू छन् । गीतमा कलाकार यम बराल, आनन्द कार्की, ज्ञानु राना, प्रह्लाद कार्की, खुमन अधिकारी, राजु बराल, अन्जु घिमिरेलगायतको स्वर छ । गीतमा मिलन तिमिल्सिनाले संगीत भरेका हुन् । राजधानी दैनिकमा खबर छ ।