१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

गुमनाम प्रदेश प्रमुखहरु, यसरी विताउँदैछन दिन

गुमनाम प्रदेश प्रमुखहरु, यसरी विताउँदैछन दिन
अ अ+ अ-

काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि अघिल्लो वर्ष माघ ३ गते सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्यो। संघीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख ‘सेरेमोनियल’ भएकाले यतिबेला उनीहरू निष्क्रियजस्तै छन्। प्रदेश प्रमुख नियुक्तिका बेला उनीहरूको जति चर्चा थियो, त्यो अहिले छैन।

प्रदेश प्रमुख नियुक्त हुनुअघि उनीहरू आआफ्नो क्षेत्रमा सक्रिय र परिचित थिए। पाँच वर्षका लागि नियुक्त प्रदेश प्रमुख पहिलो वर्षमै गुमनाम भएका छन्। सेरेमोनियल राष्ट्रपतिको भने सञ्चारमाध्यममा चर्चा भइरहन्छ। तर अधिकांश प्रदेश प्रमुखबारे आमनागरिक बेखबर छन्। प्रदेश सरकार गठनका लागि आह्वान गर्ने, मुख्यमन्त्रीलाई शपथ गराउने, विधेयक प्रमाणीकरण लगायतका जिम्मेवारी प्रदेश प्रमुखलाई तोकिएको छ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ल प्रदेश प्रमुख छन्। अन्य जिम्मेवारीमा रहँदा चर्चामा आइरहने प्रदेश प्रमुखको दैनिकी कस्तो छ त रु

बढी औपचारिक बन्न बाध्य

गोविन्दबहादुर सुब्बा / प्रदेश १

डा. गोविन्द सुब्बा अंग्रेजीका प्राध्यापक हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट धरानमा मेयरको उम्मेदवार बनेका उनी झिनो मतान्तरले पराजित भए। त्यसपछि राजनीति छाडेर प्राध्यापन पेसामै फर्किए। प्रदेश प्रमुख भएपछि पदीय भूमिकाका कारण बन्धनमा परेको उनी बताउँछन्।

‘क्याम्पस पढाउँदा र विभिन्न संघसंस्थामा आबद्ध हुँदा सक्रिय जीवन थियो,’ उनले भने, ‘प्रदेश प्रमुख नियुक्त भएपछि बन्धनमा परेको महसुस भएको छ।’ आफूले चाहेका सबै कार्यक्रममा जान नपाइने र बढी औपचारिक बन्नुपर्ने बाध्यता रहेको सुब्बाको गुनासो छ। ‘मान्छेको जीवन अनौपचारिक पनि हुन्छ,’ उनले भने, ‘आफूले चाहेर मात्र हुँदो रहेनछ।’

सुब्बाका स्वकीय सचिव विशाल लिम्बूका अनुसार साथीभाइसँगको सर्कल ठूलो रहेका कारण सुब्बाका लागि पद बाधक बनेको छ। ‘उहाँ सामान्य कार्यक्रममा पनि पुग्नुहुन्छ। लिम्बू संस्कृतिमा हुर्किएका कारण साथीभाइ र इष्टमित्रसँग रमाइलो गर्न मन पराउनुहुन्छ,’ लिम्बूले भने, ‘तर प्रदेश प्रमुख भइसकेपछि बाँधिएको महसुस गर्नुभएको छ।’

धार्मिक गतिविधिमा सक्रिय

रत्नेश्वरलाल कायस्थ / प्रदेश २

प्रदेश प्रमुख नियुक्त हुनुअघि राजनीतिमा सक्रिय थिए रत्नेश्वरलाल कायस्थ। उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा संघीय समाजवादी फोरमको समानुपातिक उम्मेदवार थिए। पूर्वकृषि सचिव कायस्थ जलस्रोतविद् हुन्। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पनि हुन् उनी।

प्रदेश प्रमुख भएपछि उनी प्रायः धार्मिक कार्यक्रममै व्यस्त हुने गरेका छन्। उनी जलस्रोतसँग सम्बन्धित अन्तरक्रियामा सहभागी हुने गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

काठमाडौं नै प्यारो

अनुराधा कोइराला / प्रदेश ३​

अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन्। प्रदेश प्रमुख हुनुअघि उनी चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन्। उनी पूर्वमन्त्री पनि हुन्। तीन नम्बर प्रदेशकी प्रमुख कोइरालाले पद बहाली गरेको १४ महिना भएको छ। प्रदेश प्रमुख कार्यालयका अनुसार उनी हेटौंडास्थित कार्यालयमा दुई महिना मात्र बसेकी छन्। बाँकी समय उनी काठमाडौंमै बस्दै आएकी छन्। प्रदेश प्रमुखको कार्यकक्ष र उनको सरकारी आवासमा ताल्चा झुन्डिएको हुन्छ।

‘प्रदेश प्रमुख भएपछि उहाँले बढी समय आफ्नो कार्यालयलाई नै दिनुपर्ने हो तर दैनिक काम नभएर पनि नबस्नुभएको होला’, नेकपाकी प्रदेशसभा सदस्य कुमारी मोक्तानले भनिन्, ‘उहाँ यहाँ बस्दा प्रदेशको पनि चहलपहल देखिन्छ।’

धार्मिक कार्यक्रममा व्यस्त

बाबुराम कुँवर / गण्डकी प्रदेश

अधिवक्ता बाबुराम कुँवर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा महान्यायाधिवक्ता थिए। प्रदेश प्रमुख भएपछि उनी फुर्सदिला छन्। धार्मिक एवम् आध्यात्मिक र सामाजिक कार्यमा उनको उपस्थिति हुने गरेको छ। उनी स्कुलका वार्षिकोत्सवदेखि खेलकुदका कार्यक्रममा पनि पुग्छन्। प्रदेश प्रमुख कुँवर सक्रिय जीवन जिउनेका लागि यो पद उपयुक्त नहुने बताउँछन्।

पद तथा गोपनीयताको शपथ पछि राष्ट्रपतिविद्यादेवी भण्डारीलगायतसँग सामूहिक तस्बिर खिचाउँदै देश प्रमुख । फाइल तस्बिर

प्रदेश राजधानीमा हुने अधिकांश कार्यक्रममा उनलाई प्रमुख अतिथिका रूपमा बोलाइन्छ। प्रदेश सभाबाट पारित गरेका विधेयक प्रमाणीकरण गर्ने उनको नियमित कामै हो। कार्यालय र निवासमा आएका पाहुनासँग भेटघाट गर्ने र किताब पढ्ने गरेरै उनको दिन बित्छ। ‘राजनीतिक भेटघाट हुँदैन। अरू शुभेच्छुक आउनुहुन्छ। उहाँहरुसँग भेटघाट हुन्छ,’ कुँवरका प्रेस संयोजक मनोज घर्तीमगर भन्छन्, ‘उहाँ कानुन, अध्यात्म र दर्शनका विषयमा छलफल गर्न रुचाउनुहुन्छ।’

‘एक वर्ष व्यस्त भइयो’

उमाकान्त झा / प्रदेश ५

३४ वर्ष निजामती सेवामा बिताएका प्रदेश प्रमुख उमाकान्त झा पछिल्लो एक वर्ष संघीयता कार्यान्वयनका लागि काम गर्दा बितेको अनुभव सुनाउँछन्। इन्जिनियर झा मन्त्रालयका सचिवसम्म भए। खिलराज रेग्मी नेतृत्वको सरकारमा ऊर्जा, सिँचाइ, जलस्रोत तथा विज्ञान प्रविधि मन्त्रालयसमेत सम्हाल्ने मौका पाएका उनी अहिले फुर्सदिला छन्।

‘यो पदको जिम्मेवारी संविधान संरक्षण र पालना गर्ने हो। संघीयता कार्यान्वयनका लागि प्रदेशमा आउनासाथ व्यस्तता बढ्यो’, प्रदेश प्रमुख झाले अन्नपूर्णसँग भने, ‘देखिने गरी काम नभए पनि भित्री रूपमा संविधानप्रदत्त जिम्मेवारीहरु चलिरहेकै छन्।’ प्रदेशसभा बैठक आह्वान, मुख्यमन्त्री, मन्त्री नियुक्ति र शपथ, सभामुख, उपसभामुख, न्यायाधिवक्ताको शपथलगायतका काम पहिलो वर्ष भए।

‘प्रदेश प्रमुख संस्था भनेको प्रदेश र संघबीचको सम्बन्ध बलियो बनाउने हो। प्रदेश सञ्चालनका विषयमा कतिपय अन्योलता छन्। संघ र प्रदेशबीच भएका ती अन्योलता हटाएर अघि बढ्नु अहिलेको आवश्यकता हो’, उनले भने, ‘म विषयको गाम्भीर्य, जनसरोकार र प्रदेश स्तरका महत्त्वपूर्ण कार्यक्रममा मात्रै पुग्ने गरेको छु।’

फुर्सदिला प्रदेश प्रमुख

दुर्गाकेशर खनाल / कर्णाली

कांग्रेस राजनीतिमा सक्रिय दुर्गाकेशर खनाल राष्ट्रियसभाका पूर्वसदस्य हुन्। उनले केही समय वीरेन्द्रनगरस्थित जनमाविमा शिक्षण गरेका थिए। कर्णाली प्रदेश प्रमुख खनाल फुर्सदिला छन्। प्रशासनिक जिम्मेवारी नभएका प्रदेश प्रमुख सरकारले प्रदेशसभाबाट कानुन पास गरेपछि प्रमाणीकरणबाहेक अन्य समयमा फुर्सदमा नै बित्ने गरेको उनका स्वकीय सचिव अनुपम ढुंगाना बताउँछन्।

ढुंगानाका अनुसार प्रदेश प्रमुखमा नियुक्त भएदेखि खनालले १९ वटा कानुन प्रमाणीकरण गरेका छन्। बिहान १० बजे कार्यकक्षमा पुगेपछि भेटघाटका लागि आएकासँग प्रदेश विकासका विषयमा छलफल गर्छन् उनी। एक्लै भएका बेला भने उनको समय अध्ययनमै बित्छ। ‘औपचारिक कार्यक्रमका लागि निम्तो आउँछ तर उहाँ कार्यक्रममा जान रुचाउनुहुन्न’, ढुंगानाले भने, ‘एक वर्ष अवधिमा एक दर्जन जति ठाउँमा जानुभयो होला, उहाँ बढी अध्ययनमै रुचि राख्नुहुन्छ।’

दिल्लीमा उपचार गर्दै

मोहनराज मल्ल / सुदूरपश्चिम प्रदेश

२०३७ सालदेखि २०४६ सम्म राष्ट्रिय पञ्चायत सदस्य रहेका मोहनराज मल्ल लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय थिए। उनी २०७० को संविधानसभा सदस्य निर्वाचनअघि कांग्रेस प्रवेश गरेका थिए। सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल यतिबेला उपचारका लागि नयाँदिल्लीमा छन्। फागुन १५ गते एयर एम्बुलेन्समार्फत मल्ललाई नयाँदिल्ली लगिएको थियो। उनको उपचार मेदान्त अस्पतालमा भइरहेको छ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि फागुन ५ गते राति सेनाको नाइट भिजन हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएपनि सुधार नभएपछि दिल्ली लगिएको हो। महिना दिन लामो उपचारपछि प्रदेश प्रमुख मल्ल शनिबार मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन्। ‘एक महिनामा उहाँको स्वास्थ्यमा निकै सुधार आएको छ। शनिबार डिस्चार्ज हुनुभयो। मंगलबार काठमाडौं फर्किने कार्यक्रम छ’, प्रदेश प्रमुख मल्लका प्रेस संयोजक गजेन्द्र ओझाले दिल्लीबाट अन्नपूर्णसँग भने। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।