१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षमा पुलको नाममा दुईवटा पिल्लरमात्रै तयार, एकले अर्को माथि दोष थुपार्ने परम्पराको भएन अन्त्य



अ+ अ-

दाङ । निर्माण व्यवसायीको लापरबाहीले पुल निर्माण शुरु भएको ५ वर्षमा दुई वटा पिल्लरमात्रै तयार भएका छन्। दाङको तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत पत्रे खोलामाथि पुल दुई वर्षभित्र सकिनुपर्ने थियो । तर बारम्बार काममा लापारबाही हुँदा २०७१ सालमा सम्झौता भएको पुल हालसम्म दुई वटा पिल्लर मात्रै बनाएका छन्ु ।

शंकरमालि निर्माण सेवाले चार करोड १५ लाख रुपैयाँमा २०७१ साल भदौमा निर्माण सम्झौता गरिएको पुलको निर्माण कम्पनीले ३ वर्ष लगाएर दुई वटा पुलको लागि पिल्लर उठाए पनि पुलको अन्य काम पुरा हुन सकेको छैन। पिलर बाहेर सुपर स्ट्रकचर ५ वर्षसम्ममा पनि पुरा गर्न सकेको छैन।

माथिल्लो निर्माणको डिजाइन पुरा गरेर नदिएकाले निर्माण हुन नसकेको शंकरमाली निर्माण सेवाका प्रतिनिधि पदम शर्माले बताए। सडक डिभिजन कार्यालयमा आफूले दुई पटक डिजाइन दिए पनि स्वीकृत नहुँदा काम अघि बढन नसकेको उनले बताए।

शर्मालाई यसअघि प्रशासनले निर्माणमा ढिला सुस्ती गरेको भन्दै पक्राउ गरि काम पुरा गर्ने सर्तमा छोडेको थियो। २ वर्षमा सक्ने गरि सम्झौता भएको र त्यहि बीचमा निर्माण कम्पनीले सुपरस्ट्रक्चरको डिजाइन तयार पारेर सडकको स्वीकृतिमा काम गर्नु पर्नेमा अहिलेसम्म निर्माण कम्पनीले डिजाइन कार्यालयमा नबुझाएको कारण काम अड्किएको शर्माले बताए ।