• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

पाँच वर्षमा पुलको नाममा दुईवटा पिल्लरमात्रै तयार, एकले अर्को माथि दोष थुपार्ने परम्पराको भएन अन्त्य



दाङ । निर्माण व्यवसायीको लापरबाहीले पुल निर्माण शुरु भएको ५ वर्षमा दुई वटा पिल्लरमात्रै तयार भएका छन्। दाङको तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत पत्रे खोलामाथि पुल दुई वर्षभित्र सकिनुपर्ने थियो । तर बारम्बार काममा लापारबाही हुँदा २०७१ सालमा सम्झौता भएको पुल हालसम्म दुई वटा पिल्लर मात्रै बनाएका छन्ु ।

शंकरमालि निर्माण सेवाले चार करोड १५ लाख रुपैयाँमा २०७१ साल भदौमा निर्माण सम्झौता गरिएको पुलको निर्माण कम्पनीले ३ वर्ष लगाएर दुई वटा पुलको लागि पिल्लर उठाए पनि पुलको अन्य काम पुरा हुन सकेको छैन। पिलर बाहेर सुपर स्ट्रकचर ५ वर्षसम्ममा पनि पुरा गर्न सकेको छैन।

माथिल्लो निर्माणको डिजाइन पुरा गरेर नदिएकाले निर्माण हुन नसकेको शंकरमाली निर्माण सेवाका प्रतिनिधि पदम शर्माले बताए। सडक डिभिजन कार्यालयमा आफूले दुई पटक डिजाइन दिए पनि स्वीकृत नहुँदा काम अघि बढन नसकेको उनले बताए।

शर्मालाई यसअघि प्रशासनले निर्माणमा ढिला सुस्ती गरेको भन्दै पक्राउ गरि काम पुरा गर्ने सर्तमा छोडेको थियो। २ वर्षमा सक्ने गरि सम्झौता भएको र त्यहि बीचमा निर्माण कम्पनीले सुपरस्ट्रक्चरको डिजाइन तयार पारेर सडकको स्वीकृतिमा काम गर्नु पर्नेमा अहिलेसम्म निर्माण कम्पनीले डिजाइन कार्यालयमा नबुझाएको कारण काम अड्किएको शर्माले बताए ।