

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस सर्लाहीले आइतबार मलंगवामा आयोजित गरेको आमसभामा बोल्दै नेता पौडेलले भने त्यस्तो आरोप लगाएका हुन् । ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई मात्र पानी जहाज चाहिएको छ ।’
मधेसको उर्वर भूमिका लागि सिंचाईको व्यवस्था गर्न सुनकोशी डाईभर्सनलगायत कामलाई तिब्र गतिमा अगाडी बढाउनुको सट्टा प्रधानमन्त्री केपी ओली पानी जहाजमै रुमल्लिएको देख्दा आफू आश्चर्यचकित बनेको पौडेलले बताएको खबर नागरिक दैनिकमा प्रकाशित छ ।