६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमसेन मन्दिरको छानो छाउनका लागि श्रमदान आह्वान



अ+ अ-

काठमाडौं । ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको भिमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ । 

भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौैं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरिएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनु भयो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको सो मन्दिरको पुनर्निर्माणको काम सकिन लागेको छ । स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग परी पुनर्निर्माणको काम अन्तिम चरणमा पु¥याइएको सो मन्दिरमा झिंगटीको छानो छाउने काम सुरु गरिएको छ । समितिका अध्यक्ष महर्जनले स्थानीयकै उपस्थितिमा छानो छाउने काम पनि सम्पन्न गर्न लागिएको बताउनु भयो ।

कार्यक्रममा सहभागी हुनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल पनि ऐतिहासिक तथा पूरातात्विक महत्वको सो सम्पदा पुनर्निर्माण कार्यमा स्थानीयको सहभागिता गौरव गर्न लायक रहेको प्रतिक्रिया दिनु भयो । उहाँले सम्पदाहरुको पुनर्निर्माण हामी आफैं गर्न सक्छौं भन्ने कुराको दृष्टान्त पनि यस मन्दिरको पुनर्निर्माणमा स्थानीयको सहभागिताले देखाएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

यो मन्दिर पुनर्निर्माणका लागि करिव ४ करोड १३ लाख लाग्ने अनुमान गरिएको छ । स्थानीय व्यापारी हिराकाजी महर्जनले मन्दिरका लागि आवश्यक इँटाको व्यवस्था गर्नु भएको थियो भने माटोका लागि आवश्यक बजेटको व्यवस्था अर्का स्थानीय व्यापारी कल्याणजीत ताम्राकारले गर्नु भएको थियो । यो मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले १ करोड, एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले १ करोड, इन्भेष्टमेन्ट बैंकले १ करोड सहयोग गरेको पनि मन्दिर पुनर्निर्माण सरोकार समितिले जनाएको छ ।