१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतसँग नेपाल पराजित



अ+ अ-

काठमाडौँ । कुवेतसँगको मैत्रिपुर्ण फुटबलमा नेपालले दुई खेलमा एक हार र एक बराबरी खेलेको छ । सोमबार राति कुवेतको अल शबाब रंगशालामा भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।

कुवेतको लागि एकमात्र गोल युसुफ नासिरले पेनाल्टीबाट गरेका थिए । नासिरले खेलको २९ औं मिनेट गरेको गोल नै कुवेतको लागि प्रयाप्त बन्यो ।

नेपाल कुवेतलाई बराबरीमा रोक्ने योजनासहित मैदान उत्रिएको थियो । पहिलो खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको थियो ।

योसँगै मुख्य प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले दुई खेलमा एक हार र एक बराबरी खेलेको छ । प्रशिक्षक कालिनले खेलमा कुवेतलाई टक्कर दिन सफल भए पनि पेनाल्टीमा गोल हुनु नै दुर्भाग्य भएको बताएका छन् ।