• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: १९ मध्ये दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर ★   पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र ★   प्रतिनिधिसभा बैठक: खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो ★   टीम इन्डियाको मुख्य प्रशिक्षक बन्न गौतम गम्भीरले अन्तर्वार्ता दिँदै ★   राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ: सांसद पन्त

गृह मन्त्रालयको सहसचिव भन्दै साढे ५ करोड ठगी गर्ने पक्राउ



काठमाडौं । गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम असुलेका थिए । परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले बताए । बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै एक करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए ।

बोगटीले भने, ‘क्यानाडा लैजाने भन्दै थुप्रै युवासँग रकम असुलेको देखियो । प्रतिव्यक्ति पाँच लाख देखि १५ लाख रुपैयाँसम्म असुल गरेको जाहेरी परेको छ । सोही जाहेरीपछि उनलाई पक्राउ गरिएको हो । पीडितको बयानअनुसार यादवले साँढे पाँच करोड रुपैयाँ ठगी गरेका छन् ।’

को हुन् सत्येन्द्र यादव ?
प्रहरीका अनुसार सत्येन्द्र यादव उर्फ वीरेन्द्र अधिकारी वीर अस्पतालको सातौँ तहका डार्करुम टेक्निसियन हुन् । १७ लाख ६८ हजार ८ सय एक रुपैयाँ मूल्यबराबरको एक्सरेप्लेट खरिदमा हिनामिना गरेको प्रमाणित भएपछि काठमाडौं जिल्ला अदालतले उनलाई ८१ लाख ८४ हजार ८ सय एक रुपैयाँ जरिवानासहित चार वर्ष कैद सजाय सुनाएको थियो । लगत्तै फरार भएका उनी परिचय बदलेर वीरेन्द्र अधिकारी बनेका थिए । उनले अधिकारीकै आवरणबाट ठगी धन्दा चलाएको प्रहरीको भनाइ छ।

यसरी गर्थे ठगी
विशेषगरी, भूकम्प प्रभावित क्षेत्रका युवासँग रकम असुलेको उनले बताए । प्रहरीका अनुसार भूकम्पपीडितका लागि क्यानाडा सरकारले विशेष भिसाको प्रबन्ध गरेको भन्दै उनले युवा जम्मा गर्थे र ‘गृह मन्त्रालयको सहसचिव वीरेन्द्र अधिकारी हुँ’ भनी परिचय दिन्थे ।

विश्वास दिलाउन युवालाई सहसचिवको परिचयपत्र पनि देखाउँथे । प्रत्येक युवासँग सुरुमा २० लाख माग गर्थे । थोरै कोटा रहेको भन्दै मनोवैज्ञानिक दबाब दिन्थे । र, रकम दिएको अरूलाई नभन्न सचेतसमेत गराउँथे । सामाखुसीस्थित एक क्याफेमा बोलाएर युवासँग रकम लिन्थे । त्यसपछि अचानक क्यानाडा जानुपर्ने भन्दै फोन अफ गरेर सम्पर्कविहीन हुन्थे । यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।