१४ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस



अ+ अ-

एजेन्सी । घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो ।श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ ।

उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । यहीँ उनको उपचार भइरहेको बताइएको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ ।अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताएका थिए ।

उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए ।यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो ।यो भाइरस केही दिनमा नै विश्वका विभिन्न देशमा देखिइसहेको छ । अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ ।