१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

“केशरी”को कमाइ पाँच दिनमा ८८ करोड भारू



अ+ अ-

भखरै रिलिज भएको बलिउड चलचित्र ‘केशरी’ले वक्स अफिसमा पाँच दिनमा करिब ८८ करोड भारू कमाइ गरेको छ।

भारतीय संचार माध्यमका अनुसार रिलिजको पहिलो दिन बिहिबार २१ करोड भारू कमाइ गरेको थियो ।

अभिनेता अक्षय कुमार अभिनित यो फिल्मले शुक्रबार १७ करोड कमाउँदा शनिबार भने २० करोड कमाएको थियो ।

यस्तै सिनेमाले आइतबार २२ करोड भारू कमायो। वक्सअफिसमा सिनेमाको कमाइ अझै उत्साहजनक छ। सिनेमाले सय करोडको आँकडा सजिलै पार गर्ने बताइएको छ।

सिनेमाले सोमबार ८ करोड बढिको कमाइ गरेको छ। सिनेमामा अक्षय कुमार तथा परिणिति चोपडा मुख्य भूमिकामा रहेका छन्।

सिनेमा संसारभरका कुल ४२०० पर्दामा रिलिज भएको छ। करण जोहरले निर्माण गरेको यस सिनेमाका निर्देशक अनुराग सिंह हुन्।