१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको उत्तरपश्चिमी प्रान्तमा डुङ्गा पल्टिदा चार जना आप्रवासीको मृत्यु



अ+ अ-

इस्तानबुल । टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेका आइभासिक जिल्लानजिकै क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा परी एक बालकसहित चार जना आप्रवासीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिहरु इरानी र अफगानी रहेका छन् ।

गैरकानूनी रुपमा सवार रहेका १५ व्यक्तिको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको हो । सुरक्षाकर्मीहरुले ११ व्यक्तिलाई उद्धार गरेको संचार माध्यमहरुले जनाएको छ । वेपत्ता व्यक्ति नरहेकाले उद्वारकार्य पनि बन्द गरिएको छ ।

आप्रवासीहरु गैरकानूनी रुपमा प्रवेश गर्ने प्रमुख मार्ग टर्की भएर युरोपतर्फ लाग्ने गरेका छन् । सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच भएको एक सम्झौताले गैरकानूनी रुपमा बढीहरेका आप्रवासीको सङ्ख्या घटाउन सहयोग गरेको छ ।