• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

धूलोमुक्त हुने भयो काठमाडौं, यस्तो छ तयारी



काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘बु्रमर’बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको हो ।
यो अभियानसँगै काठमाडौँ धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’ले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ । धूलो र धुवाँले महानगरबासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै यहाँको सम्पदामै असर पुगेको थियो ।

धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’महानगरपालिका क्षेत्रभित्रका सडक धुलोमुक्त बनाउने अभियानको सुरूवात मङ्गलबार काडमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गरे ।

“हेर्दा सानो तर यसलाई ठूलो बनाउन युद्ध जितेजस्तै गाह्रो भयो,” अभियानको सुरूवात गर्दै उनले थपे, “उजुरी, विरोध, शंका उपशंकाका कारणले बु्रमर आउनै दुईवर्ष लाग्यो ।”

बु्रमर चिल्लो सडकमा मात्र धूलो उठाउने मेसिन भएकाले सडक विभाग, मेलम्ची खानेपानी आयोजनालाई भत्केका, भत्काइएका खाल्डाखुल्डी तत्काल पुरिदिन उनले आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।