२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

धूलोमुक्त हुने भयो काठमाडौं, यस्तो छ तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘बु्रमर’बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको हो ।
यो अभियानसँगै काठमाडौँ धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’ले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ । धूलो र धुवाँले महानगरबासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै यहाँको सम्पदामै असर पुगेको थियो ।

धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’महानगरपालिका क्षेत्रभित्रका सडक धुलोमुक्त बनाउने अभियानको सुरूवात मङ्गलबार काडमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गरे ।

“हेर्दा सानो तर यसलाई ठूलो बनाउन युद्ध जितेजस्तै गाह्रो भयो,” अभियानको सुरूवात गर्दै उनले थपे, “उजुरी, विरोध, शंका उपशंकाका कारणले बु्रमर आउनै दुईवर्ष लाग्यो ।”

बु्रमर चिल्लो सडकमा मात्र धूलो उठाउने मेसिन भएकाले सडक विभाग, मेलम्ची खानेपानी आयोजनालाई भत्केका, भत्काइएका खाल्डाखुल्डी तत्काल पुरिदिन उनले आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।