१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका नेताले पार्टीविरुद्ध बोले कारवाही हुने



अ+ अ-

काठमाडौं । कांग्रेस केन्द्रीय अनुशासन समितिले नेताहरूलाई जथाभावी लेख्न, बोल्न र आरोप–प्रत्यारोपमा नलाग्न निर्देशन दिएको छ । समिति गठनपछि मंगलबार बसेको पहिलो बैठकले कार्यविधि पारित गर्दै सार्वजनिक मञ्चमा जथाभाबी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न सचेत गराएको हो । समितिले कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरीतका गतिविधि लिखित रूपमा गरेमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको छ।

‘त्यस्ता काम, कारबाही र गतिविधि पार्टी विधान र नियमावलीबमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्ननगराउन सम्बन्धित सबैमा यसै सूचनामार्फत जानकारी गराइन्छ,’ अनुशासन समितिको निर्णयमा भनिएको छ । अनुशासन समिति सदस्य धनराज गुरुङले नेताहरू जथाभावी आरोप(प्रत्यारोपमा उत्रिएपछि यस्तो निर्णय गर्नुपरेको जानकारी दिए। ‘कांग्रेसमा तथ्यभन्दा पनि भावनामा बहकिएर घोचपेच गर्ने, नालायक भनेर गाली गर्ने संस्कार नै बसिसक्यो,’ गुरुङले भने, ‘त्यसैले जथाभावी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न नेता कार्यकर्तालाई सचेत गराएका हौँ।’

उजुरी हाल्न चैत मसान्तसम्म समय
समितिको बैठकले नेताहरूले पार्टी हितविपरीतका कुनै काम, कारबाही र गतिविधि गरेको भएमा चैत मसान्तभित्र प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । गुरुङका अनुसार प्रमाणसहित उजुरी गर्नुपर्नेछ । कुनै नेताले चुनाव वा अन्य समयमा पार्टी अनुशासनविपरीत काम गरेको ठोस प्रमाण पेस भएमा समितिले उजुरीउपर छानबिन गर्ने जानकारी गुरुङले दिए । कांग्रेसले चैत पहिलो साता भीष्मराज आङ्देम्बेको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति गठन गरेको खबर नयाँ पत्रिका दैनिकमा छ ।