१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचार खर्च राजदुतावासलाई बोकाएर प्रचण्ड पत्नीसहित अमेरिकाबाट बिदा भए



अ+ अ-

काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारपछि आज स्वदेश फर्किदै छन्। सीता दाहालको अमेरिकामा उपचार प्रक्रिया सकिएपछि दाहाल नेपाल फर्किएका हुन् ।

दाहाल परिवार पत्नी सीताको उपचारका लागि एकसाताअघि अमेरिका पुगेका थिए । अध्यक्ष दाहाल पत्नी सीता,छोरी गंगा र नर्स अम्बिका पुडासैनीसहित न्यूयोर्कबाट स्वदेश प्रस्थान गरेका छन्।

नेकपा अध्यक्ष दाहाल न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तराष्ट्रिय बिमानस्थलबाट स्वदेश फर्केका छन्।अध्यक्ष दाहालको बिदाईका लागि राजदुत डाक्टर अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राई, बाणिज्य दूतावास न्यूयोर्कका महाबाणिज्य दूत पुष्पराज भट्टराई लगायत बिमानस्थल पुगेका थिए।

सीताको जोन हप्किन्स अस्पताल र जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण गरिएको थियो । बंशानुगत पार्किन्सन रोगबाट ग्रसित सीताको स्वास्थ्य परिक्षणपछि अमेरिकाको चिकित्सकहरुले समेत उनलाई सोही रोग रहेको निर्क्यौल गरेका छन् । चिकित्सकले स्वास्थ्य परीक्षण जारी राख्न भन्दै औषधि दिएका छन् ।

मेरिल्याण्ड राज्यमा रहेको जोन हप्किन्समा स्वास्थ्य परिक्षणपछि थप उपचारका लागि जर्जटाउन यूनिभर्सिटीमा पुराइएको राजदूत डाक्टर अर्जुन कार्कीले जानकारी दिए ।

दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थामा सुधार आएको र सामान्य हिँडडुल आफै गर्न सक्ने भएको परिवार श्रोतले जानकारी दिएको छ।

सीताको उपचारको सबै समन्वय वासिङटन डिसीस्थित नेपाली राजदुतावासले गरेको थियो । उपचार प्रक्रिया सकिएकाले नेकपा अध्यक्ष दाहाल, पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनी, बिहिवार नेपाल पुग्नेगरी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अध्यक्ष दाहालले पत्नी सीताको उपचारसँगै यस क्रममा केही राजनीतिक भेटघाट तथा छलफल समेत गरेका छन्। उनले अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया प्रमुख एलिस वेल्ससँग दुई देशको सम्बन्ध र हितका बारेमा कुराकानी गरेका छन्।

यस्तै अध्यक्ष दाहालले नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डिलेसीसँग समेत कफी भेटघाट गरे। यस्तै हालै मात्रै मेरिल्याण्ड राज्यको, राज्य संसदमा निर्वाचित नेपाली मुलका ह्यारी भण्डारीसँग भेटघाट गरेका छन्।