१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एथलेटिक्स संघलाई ‘एएए’को निलम्बन गर्ने चेतावनी



अ+ अ-

काठमाडौँ । एसियाली एथलेटिक्स संघ (एएए) ले नेपाल एथलेटिक्स संघलाई निलम्बन गर्ने चेतावनी दिएको छ । निर्वाचित कार्यसमितिको अवधि सकिएको वर्ष दिन बित्न लाग्दा पनि नेपाल एथलेटिक्स संघको निर्वाचन हुन नसकेपछि एएएले यस्तो निर्देशन दिएको हो ।

समयमै निर्वाचन गर्न नसके नेपाल एथलेटिक्स संघलाई आफ्नो सदस्यताबाट निलम्बन गर्ने चेतावनी पनि एएएले दिएको छ ।


एएएबाट मार्च १५ तारिख मंगलबार आएको पत्र राखेपाको नाममा काटिएको थियो । उक्त पत्रमा यथाशक्य चाँडो निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । यदि निर्वाचद्धन नभएमा नेपाल एथलेटिक्स संघको सदस्यता निलम्बन गर्ने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) ले नेपाल एथलेटिक्स संघको सदस्यता निलम्बन गरेको खण्डमा अन्तर्राष्ट्रिय निकायबाट नियमित रूपमा पाउँदै आएको आर्थिक सहायता रोकिनुको साथै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्न पाउने छैनन् ।

एथलेटिक्स संघले सन् २०१८ को फेब्रुअरी १२ तारिखमै आफ्नो निर्वाचन साधारणसभा गर्नुपर्ने थियो । यद्यपि, विभिन्न बहानामा नेपाल एथलेटिक्स संघले आफ्नो निर्वाचन कार्यक्रमलाई पछि सार्दै आएको छ ।