अमेरिका । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित तीन सदस्यीय टोली अमेरिका आइपुगेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन रक्षामन्त्री पोखरेल न्युयोर्क पुगेका हुन् ।
बुधबार न्यूयोर्कपुगेको रक्षामन्त्री पोखरेलले उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। पोखरेलले बैठकमा नेपाली सेना र नेपाल प्रहरीले पुर्याएको योगदानबारे जानकारी गराउने छन्।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुने मन्त्रीस्तरीय बैठकमा सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी छलफल हुने छ ।
रक्षामन्त्री पोखरेलसँगै नेपाली सेनाका महासेनानी चोकबहादुर ढकाल र परराष्ट्र मन्त्रालयका सहसचिव धनश्याम भण्डारी पनि रहेका छन् ।
उनीहरुको स्वागत गर्न राष्ट्रसंघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राई, बाणिज्यदूतावास न्यूयोर्कका प्रमुख पुष्पराज भट्टराईलगायत नेकपा सर्मथित नेता विमानस्थल पुगेका थिए।