१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको भागमा ३० कित्ता शेयर, पत्नी राधिका र मन्त्री पुनलाई परेको कित्ता खुलाइएन्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३० कित्ता शेयर पाएका छन् । सरकारको घोषणा गरेको जनताको जलविद्युत् आयोजना अन्तर्गतको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको १० हजार आवेदन दिएको भए पनि जम्मा ३० कित्तामात्रै सेयर प्रधानमन्त्रीको भागमा परेको हो ।

बिहीबार उर्जा मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच बाँडफाँट कार्यक्रममा शुरुमा २० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गरिएको र बाँकी रहेको शेयर गोला प्रथाबाट बाँडफाँट गरिएको थियो ।

जनताको जलविद्युत् आयोजना कार्यक्रम सार्वजनिक समारोहमा नै पहिलो शेयर आफूले किन्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले उक्त आयोजनाको १० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए । त्यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यले १० हजार कित्ताकै लागि आवेदन दिएकी थिइन् । उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले भने १ हजार कित्ताका लागि आवेदन दिएका थिए । उनीहरुलाई कति कति शेयर पर्‍यो भन्ने खुलाइएको छैन ।

आयोजनाको आईपीओमा माग गरिएको भन्दा धेरै संख्यामा आवेदन परेको थियो । आयोजनाको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । उसका अनुसार एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ताका दरले र ५० हजार २ सय ६७ जनाले ३० कित्ताका दरले आईपीओ पाएका छन् ।

आईपीओमा एक लाख ५४ हजार ६२४ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको क्यापिटलले जनाएको छ ।