१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायोपिक “प्रोपागान्डा” रहेको भन्दै ‘पीएम नरेन्द्र मोदी’को रिलिज रोक्न माग



अ+ अ-

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी कंग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’को रिलिज रोक्न माग गरेको छ । कंग्रेसले मोदीको बायोपिक प्रोपागान्डा रहेको उल्लेख गर्दै लोकसभा चुनावअघि रिलिज गर्न नदिन माग गरेको छ ।

कंग्रेसले बुधबार निर्वाचन आयोगसमक्ष फिल्म रिलिजको मिति पछाडि सार्न माग गरेको हो । यो फिल्म ५ अप्रिलमा रिलिज मिति तोकिएको छ । भारतमा आगामी अप्रिल ११ मा लोकसभा निर्वाचन सुरु भई ६ सातासम्म जारी रहनेछ । उक्त अवधिमा निर्वाचन आयोगको सहमति नलिई राजनीतिक विज्ञापनजन्य सामग्री प्रचारप्रसार गर्न प्रतिबन्ध छ ।

फिल्मको पोस्टरलाई २३ भाषमा तयार पारिसकिएको छ । उक्त बायोपिकमा मोदीको भूमिकामा बलिउडका अभिनेता विवेक ओबर रहेका छन् ।

यो फिल्ममा रेलमा चिया बेच्ने बालक, हिमालयमा बिताएका २ वर्षदेखि सन् २०१४ को लोकसभा निर्वाचनमा भारी मत पाएर केन्द्रीय सत्तामा पुग्दासम्मको मोदीको जीवनका कथा समेटिएका छन् ।

कंग्रेस वरिष्ठ नेता कपिल सिब्बलले फिल्ममा कुनै कलात्मकता नभएको उल्लेख गर्दै यो राजनीतिक विषयवस्तु मात्र भएको आरोप लगाए । ‘निर्वाचनमा थप माइलेज प्राप्त गर्नु यो फिल्मको एक मात्र राजनीतिक उद्देश्य हो,’ उनले भनेका छन् ।

अन्य पार्टीले पनि निर्वाचनअघि गरिने रिलिजप्रति आपत्ति जनाएका छन् । यसै साता ४७ पूर्व कर्मचारीले निर्वाचन आयोगलाई पत्र लेख्दै यसबारेमा अनुसन्धान गर्न माग गरेका थिए । दिल्ली निर्वाचन आयोगले भने यसबारे फिल्मका निर्माताको जवाफको प्रतीक्षामा रहेको जनाएको छ । फिल्मको ट्रेलर पनि हालै सार्वजनिक गरिएको छ ।

फिल्मलाई उमंग कुमारले निर्देशन गरेका हुन् । यसअघि कुमारले मोरी कोम र सर्वजित जस्ता बायोपिक बनाइसकेका छन् ।