१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन : पाकिस्तान



अ+ अ-

इस्लामाबाद । पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ ।

उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरुको सूची पठाएको थियो । तर पाकिस्तानी विदेश मन्त्रालयले भारतले उपलब्ध गराएका व्यक्ति तथा स्थानसँग पुलवामा घटनाको कुनै सम्बन्ध नपाइएको जनाएको छ ।

“हामीले ५४ जनालाई पक्राउ गरी सोधपुछ र अनुसन्धान ग¥यौं तर पुलवामा घटनामा ती कसैको संलग्नता पाइएन,” विदेश मन्त्रालयले जनाएको छ । “यसैगरी, भारतले दिएका २२ वटा ठाउँको पनि अनुसन्धान गरियो, तर त्यस्तो केन्द्र कतै पाइएन ।”

पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा भारतले शंका गरेका ठाउँहरुमा भ्रमणको अनुमति दिन पाकिस्तान सकारात्मक रहेको जनाइएको छ ।

पुलवामा घटनापछि भारत र पाकिस्तानबीच तनाबको स्थिति उत्पन्न भएको थियो । पुलवामा घटनामा भारतीय सशस्त्र फौजका ४० जवानको मृत्यु भएको थियो । पाकिस्तानमा आश्रय लिइरहेको जैस–ए–मोहम्मदले उक्त घटनाको जिम्मेवारी लिएको थियो ।

पाकिस्तानले भने भारत नियन्त्रित काश्मिरको पुलवामा भएको घटनामा आफ्नो संलग्नता नरहेको पटकपटक दोहो¥याएको छ ।

यसै महिनाको शुरुमा इस्लामाबादले अन्तर्राष्ट्रिय दबाबपछि सम्भावित लडाकू समूहहरुको खोजीका लागि देशव्यापी कारबाही गरेको थियो । यसक्रममा पाकिस्तानले केही व्यक्तिलाई पक्राउ गर्नुका साथै मस्जिदहरु र क्लिनिकहरु बन्द गरेको थियो ।