१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु



अ+ अ-

अल्माटी । कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।

एमआई हेलिकप्टरहरु यात्रुहरु र दुर्गम क्षेत्रहरुमा सामान ओसारपसार गर्न बढी मात्रामा प्रयोग हुने गर्दछ । तर पछिल्लो समय यी हेलिकप्टरहरु दुर्घटना हुनेक्रम बढेको छ ।

गत वर्ष अगस्टमा साइबेरियामा यही मोडेलको हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।