१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेश सचिव गोखले र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेटवार्ता, ज्ञवालीलाई भारत भ्रमणको निम्तो



अ+ अ-

काठमाडौँ । दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विजय गोखलेले परराष्ट्रमन्त्री प्रदीव ज्ञवालीसँग भेटवार्ता गरेका छन्।

नेपाल भ्रमणमा रहेका गोखलेले बिहीबार दिउँसो परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेट गरेका हुन्। भेटमा नेपाल र भारतको समसामयिक विषयमा छलफल भएको छ।

विदेश सचिव गोखलेले मन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका छन्।

गोखलेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन्। १५ महिनाअघि विदेश सचिवमा नियुक्त गोखलेको यो पहिलो औपचारिक भ्रमण हो।