३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

आईपीएलमा खस्किदै विराट कोहलीको रोयल च्यालेन्जर्स, लगातार दोस्रो हार

आईपीएलमा खस्किदै विराट कोहलीको रोयल च्यालेन्जर्स, लगातार दोस्रो हार
अ+ अ-

मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ६ रनले पराजित गरेको छ। ३ पटकको इण्डियन प्रिमियर लिग(आईपिएल) विजेता मुम्बईको जारी लिगमा यो पहिलो जित हो भने बेङ्लोरको लगातार दोश्रो हार हो।

हिजो भएको रोमाञ्चक प्रतिष्पर्धामा मुम्बईका जसप्रीत बुमाराहले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २० रन दिदैं ३ विकेट झारेपछि मुम्बईले पहिलो जित दर्ता गर्न सफल भएको हो। यस खेलमा बैंङलोरका अब्राहम डिविलियर्सले नटआउट ७० रन बनाएपनि बुमराहको बलिङले उनीहरूलाई हार चखाउन ठूलो मद्दत गर्‍यो।

टस हारेर मुम्बईले हिजोको खेलमा पहिले ब्याटिङ गर्दै ८ विकेटको नोक्सानीमा १८७ रनको योगफल खडा गरेको थियो। त्यसपछि १८८ रनको लक्ष्य पछ्याएको बैङ्लोरले निर्धारित २० ओभरमा पाँच विकेटको नोक्सानीमा १८१ रन मात्र जोड्न सक्यो र खेल हार्‍यो।

मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा बैङ्लोरले ३।२ ओभरमा २७ रनको स्कोरमा पहिलो विकेटका रूपमा मोइन अलीलाई गुमायो। उनले १३ रन बनाएका थिए। ततस्पश्चात पार्थिव पटेल ३१ रन बनाउँदै ६।५ ओभरमा टोलीको ६७ रनको योगफलमा आउट भए। पार्थिवले २२ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।

पार्थिव बाहिरिएपछि मारकंडेको बलिङमा स्लिपमा रहेका युवराज सिंहले बैङ्लोरको क्याच फुस्काए। डिविलियर्सले यस जीवनदानको फाइदा उठाउँदै कप्तान विराट कोहलीसँग दोश्रो विकेटका लागि ४९ रनको साझेदारी गरे। उनले ३२ बलमा ६ चौका प्रहार गरेका थिए। कप्तान कोहली ४६ रन बनाउँदै आउट भए।

कोहली आउट भएपछि बैङ्लोरको पारीलाई डिविलियर्सले सम्हाले र आइपिएलमा आफ्नो २९ औं अर्धशतक पूरा गरे।

यसरी खेल बैङ्लोरका लागि अन्तिम १८ बलमा ४० रन बनाउनुपर्ने अवस्थामा पुग्यो तर मुम्बईका बुमराहले १९ औं ओबरमा पाँच रन दिदैं एक विकेट झारेपछि खेल जितका लागि अन्तिम ६ बलमा १७ रन बनाउनुपर्ने अवस्थामा पुग्यो।

बैङ्लोरका लागि ब्याटिङ गर्दै शुवम दुबेले मालिङगाको पहिलो बलिङमा छक्का प्रहार गरे र बैङ्लोरलाई जिततर्फ धकेलेको संकेत देखाए। यसपछि अन्तिम दुई बलमा जितका लागि ८ रन बनाउनुपर्ने अवस्थामा पुगेको बैङ्लोरले केबल २ रन मात्र जोड्न सक्यो र खेल गुमाउन बाध्य भयो।

मालिङ्गाले प्रहार गरेको अन्तिम बल नो बल भएपनि अम्पायरले यसमा ध्यान नदिंदा मुम्बईले जारी सिजनमा पहिलो जीत दर्ता गर्‍यो। नो बल नदिएकोमा कप्तान कोहलीले असन्तुष्ट बने।

बैङ्लोरका लागि नट आउट ७० रन बनाएका डिविलियर्सले ४१ बलमा ४ चौका र ६ छक्का प्रहार गरेका थिए। शिमरोन हेटमेयरले पाँच , कोलिन डी ग्रैंडगोमले २ तथा दुबेले नटआउट ९ रनको योगदान दिए।

मुम्बईका लागि जसप्रीत बुमराहले दुई तथा मारकंडेले १ विकेट लिए। त्यसअघि युजवेन्द्रले ३८ रन दिदैं ४ विकेट लिएका थिए।

त्यस्तै पहिले ब्याटिङ गरेको मुम्बईका लागि ओपनरद्वय क्वीकटन डि कक तथा कप्तान रोहित शर्माले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गर्दे टोलीलाई राम्रो सुरूवात दिलाए। उनीहरूले क्रमशस् २३ र ४८ रन जोडे।

डि ककलाई चहलले बोल्ड गरेका थिए। डि ककले २० बलमा २ चौका र १ छख्का हानेका थिए। डि कक बाहिरिएपछि मुम्बईले ८७ को स्कोरमा रोहितलाई गुमायो। रोहितले ३३ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे।

मुम्बईले तेश्रो विकेटका रूपमा युवराज सिंहलाई गुमायो। उनले २३ रनको योगदान दिए। युवराजले युजवेन्द्रको पहिलो ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए। उनी चौथो बलमा क्याच आउट भए।

मुम्बईले हिजोको खेलमा अन्तिम ३ ओभरमा ४० रन बनाएको थियो।सो क्रममा हार्दिक पान्ड्याले १४ बलमा २ चौका र ३ छक्काको मद्दतले ३२ रन नटआउट खेलेका थिए।

त्यस्तै सूर्यकुमार यादवले ३८ रन बनाए भने कीरोन पोलार्ड, क्रुणाल पान्ड्या, मिशेल मेक्लेनेगन तथा मयंक मारकंडेले क्रमशस् ५, १, १ तथा ६ रन बनाए।

बैङ्लोरका लागि चहलले चार विकेट लिदां उमेश यादव तथा मोहम्मद सिराजले समान २/२ विकेट लिएका थिए।