६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित भन्दै मन्त्रीको कार्यक्रममा रोक



अ+ अ-

वीरगञ्ज । बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ ।

बाराको परवानीपुर गाउँपालिका, १ बुनियादमा बुधबार शुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए ।

महाययज्ञको तयारीका काममा भने दलितहरू खटेका थिए । मण्डप बनाउने, सफा गर्ने काम दलितले पनि गरेका थिए ।

उनीहरूले प्रतिघर एक हजारका दरले चन्दा पनि दिएका थिए । तर, उद्घाटन पूजामा आफूहरूलाई बस्न नदिइएको स्थानीय राजेश चमारले बताए ।

महायज्ञ आयोजक समितिका अध्यक्ष तथा वडाध्यक्ष मिश्री महतोसहितका पदाधिकारीले उद्घाटनको दिन आफूहरूलाई पूजामा बस्न नदिएको चमाले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।