• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने ! ★   मधेशमा नयाँ सरकार गठन गर्न आह्वान, शुक्रबारसम्मकाे समयसीमा ★   आयरल्याण्डमाथि भारतको सहज जित, रोहितको अर्धशतक ★   गृहमन्त्री लामिछानेको गुनासो: सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ★   मधेश प्रदेश: जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत ★   एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल ★   ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन ★   देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी ★   सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला ★   अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छः अर्थमन्त्री पुन

निर्मला हत्या प्रकरणः शंकास्पद दुई अछामबाट पक्राउ



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन ।

कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुईजनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ । तर, कसलाई पक्राउ गरिएको र ती व्यक्ति को को हुन् भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन ।

प्रहरी उच्च स्रोतका अनुसार यसअघि समेत अनुसन्धानका लागि पक्राउ गरेर ल्याइएका व्यक्तिको डीएनए जाँचका क्रममा म्याच नहुँदा निर्दोषलाई फसाउन खोजिएको भन्दै उल्टै प्रहरीको आलोचना भएपछि प्रहरीले यसबारेको सूचना गोप्य राखेको हो । प्रहरीले उनीहरूलाई राजधानी ल्याउने तयारी गरिरहेको छ । राजधानी दैनिकमा खबर छ ।