१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः च्यासल र एनआरटीको बराबरी



file
अ+ अ-

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।  

प्रतिस्पर्धात्मक बनेको खेलमा च्यासलले लिएको सुरुआती अग्रता जोगाउन नसक्दा एनआरटीसँग अंक बाड्न पुगेको हो ।  ४३ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई १–० को अग्रता दिलाएका थिए । कमल श्रेष्ठको कर्नरमा एनआरटीका मेसौकेले हेडरमार्फत क्लियर गरेको बलमा पेनाल्टी एरिया भित्र रहेका रुमेशले भली गोल गर्दै टोलीको अग्रता निकालेका हुन ।

त्यसपछि खेलको ७८ औं मिनेटमा एनआरटीका दिपेश दृश्यले गोल गर्दै खेल बराबरीमा ल्याए ।  बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेशले गोल गर्दै एनआरटीलाई बराबरीको अवस्थामा ल्याएका हुन । त्यसपछि दुबै टोली गोलका लागि निकै संघर्ष गरे पनि थप गोल गर्न सकेनन र खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै च्यासलले ३ खेलमा ४ अंक जोडेको छ । एनआरटीले ३ खेलमा २ अंक जोडेको छ । खेलमा च्यासलका बिराज महर्जन म्यान अफ दि म्याच चुनिए भने इमर्जिङ प्लेयरको अवार्ड च्यासलकै रुमेश बर्तौलाले बाजी मारे ।