१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेको नयाँ नाम ‘घुमन्ते’, दिल्लीले कहिले देला पालो ?



अ+ अ-

काठमाडौं । क्रिकेटलाई पछ्याउने देशमा मिडियाले नेपाली खेलाडी सन्दीप लामिछानेलाई दिएको नयाँ नाम हो- घुमन्ते । किन भन्दा उनले पछिल्लो वर्ष अनेकौं देशमा गएर त्यहाँका घरेलु लिग खेलेका छन् । गएको सिजनमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा आवद्ध भएयता उनी धेरै देश पुगे, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिजदेखि लिएर क्यानाडासम्म ।

अहिले तत्काल उनी दिल्ली क्यापिटल्ससँग आवद्ध छन् । भर्खर सुरु भएको आइपीएलमा दिल्लीले खेलेको पहिलो र दोस्रो खेलमा उनी परेनन् । त्यसैले यस विषयमा धेरैभन्दा धेरै नेपाली क्रिकेट प्रेमीले निराशा व्यक्त गरे । सबैको एउटै प्रश्न हुने गरेको छ, सन्दीपको पालो कहिले आउला ?

दिल्लीकै केही खेलाडीको भनाई सुन्ने हो भने यसपटक सन्दीपले प्रतियोगितामा राम्रो अवसर पाउने यस जस्तै छ । भारतीय स्टार क्रिकेटर शिखर धवनकै शब्दमा उनले दिल्ली टिमका लागि यसपटक महत्वपूर्ण निर्वाह गर्नेछन् । यो समाचार कान्तिपुर साप्ताहिकबाट लिइएको हो ।