१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कोईरालामाथि खनिए उपसभापति निधी, नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन

कोईरालामाथि खनिए उपसभापति निधी, नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन
अ अ+ अ-

चितवन । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताउनुभयो ।


पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ नि भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै जानकारी नभएको र पार्टी हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको जिकिर गर्नुभयो ।

राजतन्त्र सम्बन्धी अर्को एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “नेपालमा राजतन्त्र आउँछ भन्ने कसैले दिवा सपना देख्छ भने पनि यो भ्रममा हाम्रो भन्नु केही छैन ।”

लगानी सम्मेलन नेपाली काङ्ग्रेसकै नेतृत्वमा शुरु भएको भन्दै उपसभापति निधिले आजदेखि शुरु भएको लगानी सम्मेलन सफल पार्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा लगानीकर्ता आउन् र समृद्धिका विभिन्न योजनामा स्वदेशी तथा विदेशीले लगानी गरुन् भन्ने हाम्रो चाहना हो तर सरकारले जुन किसिमको गृहकार्य गर्नुपर्ने हो त्यो हुन नसकेको छैन ।”

पार्टीलाई सङ्गठित बनाएर लैजान आउँदो नयाँ वर्षसँगै राष्ट्रिय जागरण अभियान शुरु गरिने जानकारी दिँदै उपसभापति निधिले अनुशासन समितिले आफ्नो काम प्रारम्भ गरिरहेको र विधानबमोजिम नै सो समितिले आफ्नो अधिकार प्रयोग गर्ने बताउनुभयो ।


यस्तै पाटीका महामन्त्री शसांक कोईरालाले नेपालमा हिन्दु राज्य हुनेपर्ने माग गर्दै आउनु भएको छ ।