३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रश्नपत्र बाहिरिएको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्छ : मुख्यमन्त्री राउत

प्रश्नपत्र बाहिरिएको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्छ : मुख्यमन्त्री राउत
अ+ अ-

जनकपुर । लगातार दुइ दिन एसइईको प्रश्नपत्र बाहिरेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन्। उनले प्रदेश २ को बदनाम गर्न खोजिएको दाबीसमेत गरे।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारले नभएर केन्द्र सरकारका निकायले नै प्रश्नपत्र जिम्मेवार हुने मुख्यमन्त्री राउतको भनाइ छ।

एसइईको प्रश्नपत्र आउट हुनु प्रदेशका लागि अति नै दुःखदायी घटना भएकाको मुख्यमन्त्री राउतले दोषीमाथि कारबाही गर्न केन्द्र सरकारसँग माग गरेका छन्। ‘छानबिनको नाममा समय गुजार्ने प्रचलन छ’, उनले भने, ‘परीक्षाको प्रश्नपत्र आउट प्रकरण गम्भीर भएकाले छिटोभन्दा छिटो कारबाही हुनुपर्छ।’

मुख्यमन्त्री रावतले प्रदेश सरकारलाई बदनाम गराउन केन्द्र सरकार लागी परेको समेत आरोप लगाए। ‘संघीयतालाई नरुचाउनेहरुले षडयन्त्र गरेका हुन्। शिक्षाप्रतिको रुचि बढ्दै गएको अवस्थामा प्रदेशलाई बदनाम गराउने प्रयास भइरहेको छ’, राउतले असन्तुष्ट व्यक्त गर्दै भने।