• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

राज्यमन्त्रीको गाडीमा तोडफोड, अवस्था तनावग्रस्त



काठमाडौं । प्रदेश २ मा लगातार दुईदिनको प्रश्नपत्र बाहिरिएपछि प्रदेशको अस्थायी राजधानी जनकपुर लगायत विभिन्न ठाउँमा विद्यार्थीहरू प्रदर्शनमा उत्रेका छन् । राजमार्गमा विद्यार्थी सडकमा उत्रिएका हुन् ।

यसैबिच आन्दोलनरत विद्यार्थीले प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा तोडफोड गरेका छन् । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको डीआईजी हरिबहादुर पालले जानकारी दिएका छन् ।
उनले मन्त्री यादवलाई सडक जाम रहेकाले त्यतिखेर यात्रा नगर्न भनिए पनि जबरजस्ती जाँदा गाडीमाथि आक्रमण भएको बताउनुभयो ।