१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सरकार आफू असफल भयो र काँग्रेसविरुद्धको दुष्प्रचारमा ओर्लियो– डा.महत

सरकार आफू असफल भयो र काँग्रेसविरुद्धको दुष्प्रचारमा ओर्लियो– डा.महत
अ अ+ अ-

गुल्मी । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार नेपाली काँग्रेस विरुद्धको दुष्प्रचारमा ओर्लिएको बताएका छन् । उनले भने– सरकार आफू असफल भयो र त्यसपछि सरकार र प्रधानमन्त्री स्वयं नै काँग्रेस विरुद्धको दुष्प्रचारमा ओर्लिएका छन्, यो राजनीतिक असहिष्णुताको पराकाष्ठा हो ।

गुल्मीमा आयोजित नेपाली नेपाली काँग्रेसको आमसभालाई सम्बोधन गर्दै उनले भने– माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काँग्रेस, संविधान सभाको निर्वाचन गराउने काँग्रेस, उनीहरुको सरकारले संविधान बनाउन नसकेपछि संविधान बनाउने काँग्रेस, मधेशीलाई समेत विश्वासमा ल्याएर निर्वाचन गराउने काँग्रेस, संविधान कार्यान्वयन गर्ने काँग्रेस, अनि त्यही संविधानबमोजिम सरकारमा गएर दुई तिहाईको दम्भ देखाएर प्रधानमन्त्रीले नै काँग्रेसलाई गालीगलौजमा उत्रिन लाज लाग्दैन ?

नेपाली काँग्रेस राजनीतिक सहिष्णुतामा विश्वास गर्ने प्रजातान्त्रिक पार्टी हो र स्वस्थ आलोचना सहन सक्ने क्षमता राख्दछ, तर पनि यसरी अहिलेको कम्युनिष्ट सरकारले यसैगरी काँग्रेसका विरुद्धमा दुष्प्रचार मात्र गर्ने हो भने यो कदापि सह्य नहुने डा महतले बताए ।

देशमा कम्युनिष्टले दुष्प्रचार गरेर बहुमत ल्याएको र जनतालाई दिएका ती फोस्रा आश्वासनहरु सबै जनतालाई थाहा पाइसकेको उनले बताए । यो सरकारबाट कदापि जनताको हित हुदैन, देशको विकास हुदैन उनले भने– त्यो वास्तविकता जनताले थाहा पाइसकेका छन् हामीले भन्नै पर्दैन । यस्तो अवस्थामा पनि त्यो पार्टी छोडेर देशैभरि हजारौँ नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्नु नै यसको उदाहारण हो ।

नेपाली काँग्रेसले विसं २०४६ पछि गाउँमा बाटो, विद्यालय, स्वास्थय चौकी, पूर्वाधार निर्माणका काम सबै नेपालीमा जगजाहेर नै भएको भन्दै तर विकासका काममार्फत जनताको मन जितेर आपूmले सत्ता प्राप्ति गर्न नसकेपछि हिंसाको बाटो समातेको माओवादीकै कारण देश पछि परेको र उनीहरुलाई शान्ति प्रक्रियामा ल्याउन पनि गिरिजाबाबुले के कति काम गरेका छन् भन्ने कुरा सबैले बुझेको उनले स्मरण गरे ।

डा.महतले वर्तमान कम्युनिष्ट सरकारको छत्रछायाँमा इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार मौलाएको धारणा राखे । उनले भने– सरकारले राज्यका हरेक अंगहरुलाई आफ्नो दुई तिहाई बहुमतको त्रासमा राखेर ब्रम्हलुट मच्चाएको छ, नागरिक समाज, प्रेस र अदालतलाई समेत त्रस्त बनाएको छ ।


सरकारको यही असहिष्णु व्यवहार, अपरिपक्वता र भ्रष्टाचारका कारण देशमा वैदेशिक लगानी घटेको तथ्य सबैका सामु छर्लङ्गै देखिएको तर्क डा महतले पेश गरे । यो सरकारले स्वदेशी लगानीलाई प्रबर्धन गर्न तथा वैदेशिक लगानी भित्र्यान नसकेको र यो सरकारका हातबाट त्यस्तो सहज खालको वातावरण पनि निर्माण हुन नसक्ने दाबी गरे ।


यो सरकारको अप्रजातान्त्रिक क्रियाकलाप र व्यवहारका कारण विश्वासको वातावरण बन्न नसकेको उनले बताए । प्रतिपक्षीलाई विश्वासमा लिएर काम गर्नुको सट्टा निषेधको राजनीतिक गरेको भन्दै यही अवस्था रहने हो भने काँग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाई थियो । डा.महतले यो सरकारले सच्चिएर काम गरेन भने काँग्रेसले सशक्त आन्दोलन गर्ने र सरकारका ज्यादतिहरुको जवाफ आन्दोलनबाटै दिने धारणा राखे ।