• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

देउवाको गृह जिल्ला : ८० रुपैयाँको बिल तिर्न २ हजार खर्च गर्नुपर्ने



डडेलधुरा । भागेश्वर गाउँपालिका, १ का स्थानीयले ८० रुपैयाँको विद्युतको बिल तिर्न २ हजार खर्र्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमठादे ८० रुपैयाँ बिजुलीको महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा जाँदा मात्रै १५ सय रुपैयाँ खर्च भएको बताइन् ।

भागेश्वरबाट जिल्ला सदरमुकाम रहेको नेपाल विद्युत प्राधिकरणको महसुल काउन्टरसम्म आउन जिपको साढे ३ सय एकतर्फी भाडा छ । उनीहरु महसुल बुझाएर त्यही दिन भ्याउँदैन् । जिपको भाडा ७ सय, समान्या होटल कोठाको पाँच सय, तीन पटक खानाको तीन सय गरी १५ सय खर्च भयो,’ उनले भनिन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।