१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेकपामा केन्द्रीय सदस्यहरु बेरोजगार

नेकपामा केन्द्रीय सदस्यहरु बेरोजगार
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न सकेको छैन। गत जेठ ३ गते केन्द्रीय सदस्यको शपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीको जिम्मेवारी प्राप्त गर्न सकेका छैनन्।

पार्टीको सांगठनिक एकता प्रक्रियामा ढिलाइ भएसँगै केन्द्रीय सदस्यहरू पनि भूमिका विहीन भएका हुन्। पार्टी एकता भएको ११ महिनाको अवधिमा प्रदेश कमिटीलाई पूर्णता दिनेबाहेक अन्य सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। एकता प्रक्रिया लम्बिएको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन। तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको टुंगो लाग्ने भाषण गर्दै आएको ११ महिना पुगिसकेको छ।

गत जेठ ३ गते पार्टी एकीकरण हुँदा तीन महिनाभित्र टुंगो लगाउने भनिएको एकताको काम लामो समय बितिसक्दा समेत पूर्णता पाउन सकेको छैन। पार्टी एकीकरण भएपछि सचिवालय गठन, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटीले पूर्णता पाएको छ। तर जिल्ला कमिटीलगायतका सांगठनिक एकताको काम नसकिँदा केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत कठिन बनेको छ। केन्द्रीय सदस्यहरूलाई जिल्लाको इन्चार्ज÷सह–इन्चार्जको जिम्मेवारी दिने तयारी पार्टीले गरेको छ।
नेकपाका नेता योगेश भट्टराई अध्यक्षद्वयमा एकीकरणको बाँकी कामलाई पूर्णता दिनका लागि इच्छाशक्ति नदेखिएको बताउनुहुन्छ। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अध्यक्षद्वयले चाहँदा नसक्ने केही छैन, भोलि नै एकताको कामले पूर्णता पाउन सक्छ, तर उहाँहरूमा इच्छाशक्ति र विश्वास देखिएन।’

समयमा नै पार्टी एकीकरणको कामले पूर्णता नपाउँदा पार्टीलाई नोक्सान पुगेको उहाँले बताउनुभयो।
पार्टी एकीकरणको बाँकी काम सम्पन्न गर्नका लागि पटक–पटक कार्यदल गठन भएपछि विघटन हुँदै आएका छन्। स्थायी समितिबाट गठित अधिकार सम्पन्न कार्यदल पनि विघटन भएपछि अन्ततः एकताको बाँकी कामलाई सम्पन्न गर्ने जिम्मेवारी अध्यक्षद्वय ओली र प्रचण्डको काँधमा आएको छ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको कार्यव्यस्तता पनि एकीकरण लम्बिनुको कारण बन्दै आएको छ। सांगठनिक एकीकरणको काम समयमा नसकिदा त्यसको प्रत्यक्ष असर स्थानीय तहको सरकार सञ्चालनमा समेत परेको छ।
नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेलले तल्ला कमिटीको एकता समयमा नै टुंगो नलाग्दा समस्या रहेको बताउनुहुन्छ। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘एकीकरणको काम समयमा नै नसकिदा स्थानीय निकाय व्यवस्थित बन्न सकेको छैन।’ कार्यविभाजन नहुँदा कार्यक्रममा सहभागी हुने विषयमा पनि अन्यौलता रहेको बताउँदै छिटोभन्दा छिटो एकताको बाँकी कामलाई सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

लामो समयसम्म पनि सांगठानिक एकताले गति लिन नसकेको असन्तुष्टि केन्द्रदेखि स्थानीय निकायसम्म छरपष्ट भएको छ। तर पनि शीर्ष नेतृत्वको ध्यान पुग्न सकेको छैन्। नेकपाका नेता मणि थापाले केन्द्रीय सदस्यहरू नै जिल्ला इन्चार्ज हुने नीति रहेकाले तल्लो तहको एकता प्रक्रिया टुंगो नलाग्दा केन्द्रीय सदस्यहरूको कार्यविभाजन हुन नसकेको बताउनुहुन्छ।
उहाँले भन्नुभयो– ‘लामो समयसम्म पनि एकताले पूर्णता नपाउँदा राजनीतिक शून्यता छाएको छ, पार्टी राजनीतिमा निराशा जन्माएको छ।’ लाखौं कार्यकर्ता भएको पार्टी चलायमान नहुँदा एकताको क्रममा देखिएको उत्साह र आशा निराशमा परिणत हुँदै गएको उहाँले बताउनुभयो।

४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये आधा भन्दा बढी केन्द्रीय सदस्यहरू, मन्त्री सांसदको भूमिका रहेको छ। पार्टी एकीकरण भएपछि हालसम्म केन्द्रीय समितिको बैठक समेत बस्न सकेको छैन्।

पार्टीको नीति, सिद्धान्त र कार्यदिशाको बारेमा व्यापक छलफल र बहस गर्ने सर्वोच्च निकाय केन्द्रीय समितिको बैठक बोलाउदा नेतृत्वले इच्छा नदेखाएको केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन। केही केन्द्रीय सदस्यहरूले लिखित रूपमा नै केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्षद्धय ओली र प्रचण्डलाई आग्रह गरेपनि अझैसम्म न केन्द्रीय समितिको बैठक बस्न सकेका छ न त केन्द्रीय सदस्यहरूको कार्यविभाज नै हुन सकेको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।