१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः चेल्सी वेस्टह्यामसँग पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा लिग लिडर चेल्सी पराजित भएको छ । चेल्सी चौथो स्थानमा रहेको वेस्टह्याम युनाइटेडसँग ३–२ गोल अन्तरले स्तब्ध भएको छ ।

लन्डन स्टेडियममा भएको खेलमा टियागो सिल्भाले २८औं मिनेटमा गरेको सुन्दर गोलबाट चेल्सीले शुरुआती अग्रता लिएको थियो । तर ४०औं मिनेटमा वेस्टह्यामका मानुएल लान्जिनीले पेनाल्टी मार्फत गोल गरी बराबरीमा ल्याएका थिए । पहिलो हाफ सकिन लाग्दा ४४औं मिनेटमा चेल्सीका मेसोन माउन्टले गोल गरी टिमलाई २–१ को स्थितिमा ल्याएका थिए ।

दोस्रो हाफमा दुबै टिमबाट आक्रमण र प्रत्याक्रमण जारी रहेको थियो, तर तुलनात्मक रुपमा वेस्टह्याम बढी सुदृढ देखिएको थियो । यहीक्रममा ५६ औं मिनेटमा वेस्टह्यामका जेरोड बाओनले डिबक्स बाहिरबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भएको थियो ।

खेलको अन्ततिर ८७ औं मिनेटमा वेस्टह्यामका आर्थर मासुओकुले गरेको गोल नै निर्णायक भएको थियो । यो जितसँगै वेस्टह्यामले १५ खेलबाट महत्वपूर्ण २७ अंक बटुल्दै शीर्ष चारमा स्थान बनाएको छ ।

चेल्सी भने १५ खेलबाट ३३ अंक सहित लिगको शीर्ष स्थानमा छ तर आजै दोस्रो र तेस्रो स्थानमा रहेका म्यान्चेस्टर सिटी र लिभरपुलका पनि खेल छन् । म्यान्चेस्टर सिटीले खेल जितेमा पहिलो स्थानमा पुग्नेछ भने लिभरपुलले पनि खेल जितेमा दोस्रो स्थानमा रहने छ, तर चेल्सी तेस्रो स्थानमा झर्नेछ । एजेन्सी