२ भाद्र २०८३, मंगलवार
,
Latest
युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संदिपको चमत्कार ! सुपर ओभरमा दिल्लीको भाग्य



अ+ अ-

नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटमा दोस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई सुपर ओभरमा हरायो ।

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा कोलकत्ताले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धाीरत २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८५ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा दिल्लीले एक विकेट गुमाएर १० रन जोड्दै कोलकत्तालाई ११ रनको लक्ष्य दिएको थियो । दिल्लीका ऋषब पन्तले ६ रन बनाए । जवाफमा कोलकत्ताले एक विकेटको क्षतिमा ६ रन मात्र बनाउन सक्यो । कोलकत्ताका आन्द्रे रसेलले चार रन बनाएका थिए ।

सुपर ओभरमा जानुअघि दिल्लीका युवा ब्याट्सम्यान पृथ्वी शले अर्धशतकीय इनिङ खेलेका थिए । सतक बनाउन मात्र एक रनले चुकेका पृथ्वीले ५५ बलमा ९९ रन जोडेका थिए । कप्तान श्रेयस आयरले ४३ र शिखर धवनले १६ रन बनाउ । बलिङमा कोलकत्ताका कुलदीप यादबले दुई विकेट लिए । लोक्की फेर्गुसन, आन्द्रे रसेल र पियुस चावलाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा आड विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो । कोलकत्ताका लागि आन्द्रे रसेल र कप्तान दिनेश कार्तिकले अर्धसतकीय इनिङ खेले । रसेलले ६२ र दिनेशले ५० रन बनाए । क्रिस ल्यानले २०, पियुस चावलाले अविजित १२, रोबिन उथप्पाले ११ र कुलदीप यादबले अविजित १० रन बनाएका थिए । बलिङमा दिल्लीका हर्सल पटेलले दुई विकेट झारे । नेपालका सन्दीप लामिछाने, अमित मिश्रा, कागिसो राबडा र क्रिस मोरिसले एक एक विकेट लिएका थिए ।

नेपालका सन्दीपले कोलकत्ताविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २९ रन खर्चिएर एक विकेट लिएका थिए । यस खेलको प्रदर्शनले सन्दीप आगामी खेलमा पनि टोलीका अट्ने सम्भावना बढेको छ । जितसँगै दिल्लीले तीन खेलबाट चार अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ । पहिलो हार खेपेको कोलकत्ता चार अंक सहित लिगको शीर्ष स्थानमा छ ।