१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहामलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ भएको खेलमा रेलिगेसनको चपेटामा रहेको फुलहामलाई २–० गोलले हराउँदै सिटी शीर्ष स्थान उक्लिएको हो ।

उसको जीतमा बर्नाल्डो सिल्भा र सर्जियो अग्युरोले गोल गरे । शिल्भाले पाँचौ मिनेटमा गोलगर्दै टोलीका अग्रता दिलाएका थिए । अग्युरोले २७औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । जितसँगै सिटीले ३१ खेलमा ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । फुलह्याम १७ अंक सहित रेलिगेसनका छ ।