१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहुलियतपूर्ण कर्जामा आकर्षण कम, ६ जना शैक्षिक बेरोजगारले मात्रै लिए कर्जा



अ+ अ-

काठमाडौँ । सरकारले स्वरोजगार बनाउने उद्देश्यसहित गत असोजमा ल्याएको सहुलियतपूर्ण कर्जामा सर्वसाधारणको आकर्षण कम देखिएको छ ।

आइतबार सरोकार समाज नेपालले राजधानीमा आयोजना गरेको कार्याशाला गोष्ठीमा बोल्दै डेपुटी गभर्नर श्रेष्ठले शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ६ जनाले मात्रै लिएको जानकारी दिए ।

शैक्षिक बेरोजगारका लागि उपलब्ध गराइने उक्त कर्जा योजना अन्तर्गत पछिल्लो तथ्यांक अनुसार ६ जनाले ३८ लाख रुपैयाँमात्रै लिएका छन् ।

शैक्षिक बेरोजगारहरुकै लागि दिइने अर्को कर्जा उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा भने जम्मा दुई जनाले मात्रै लिएका छन् । उक्त कर्जा योजना अन्तर्गत दुई जनाले जम्मा १० लाख रुपैयाँ लिएको बताए ।