• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

समृद्ध नेपाल आफैं बनाउन सक्षम छु, समय लग्ने भएर विदेशीसँग सहकार्य गरे : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचनातयार भएको कारण समृद्ध नेपाल आफैं बनाउन सक्षम रहेको बताएका छन् । उनले समय लग्ने भएको कारणले गर्दा विदेशीसँग सहकार्य गरेर अगाडी बढ्न खोजेको बताए ।

रिपोर्टर्स क्लवको २१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानूननिर्माण र संरचना बनाइएको बताए।

‘समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वय नगर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं’ उनले भने,‘समृद्ध नेपाल,सुखी नेपालीको सबै आधार तयार भएको छ।’

समृद्ध नेपालआफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको समेत प्रधानमन्त्रीले बताए। “त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्नग¥यौं, राष्ट्र एक ठाउमा रह्यो,” उनले भने,“सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनिदिएका छौं ।”

प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भएपनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गरे । “हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं,” उनले भने, “अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।”