३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

समृद्ध नेपाल आफैं बनाउन सक्षम छु, समय लग्ने भएर विदेशीसँग सहकार्य गरे : प्रधानमन्त्री

समृद्ध नेपाल आफैं बनाउन सक्षम छु, समय लग्ने भएर विदेशीसँग सहकार्य गरे : प्रधानमन्त्री
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचनातयार भएको कारण समृद्ध नेपाल आफैं बनाउन सक्षम रहेको बताएका छन् । उनले समय लग्ने भएको कारणले गर्दा विदेशीसँग सहकार्य गरेर अगाडी बढ्न खोजेको बताए ।

रिपोर्टर्स क्लवको २१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानूननिर्माण र संरचना बनाइएको बताए।

‘समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वय नगर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं’ उनले भने,‘समृद्ध नेपाल,सुखी नेपालीको सबै आधार तयार भएको छ।’

समृद्ध नेपालआफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको समेत प्रधानमन्त्रीले बताए। “त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्नग¥यौं, राष्ट्र एक ठाउमा रह्यो,” उनले भने,“सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनिदिएका छौं ।”

प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भएपनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गरे । “हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं,” उनले भने, “अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।”