• ४ आश्विन २०८०, बिहीबार
  •      Thu Sep 21 2023
  •   Unicode
Logo
Latest
★   सरकार र आन्दोलनरत शिक्षकबीचको दोस्रो वार्ता निष्कर्षविहीन ★   पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान ★   नेपाल पाकिस्तानसँग पराजित ★   गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई ★   प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै ★   साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात ★   शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ ★   श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय ★   सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने ★   मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर पाइने



काठमाडौं । नेपालको पहिलो भुक्तानी प्रणली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । 

इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ । यस्तै मेरो स्कुलको ३ महिनाको निशुल्क शब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निशुल्क शब्क्रिब्सन गर्न सकिनेछ । इसेवा मार्फत देशभरबा ४ हजार सय भन्दा स्कुलको शुल्क भुक्तानी गर्न सकिनेछ ।

हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन् । इसेवामा हाल मर्चेन्टको संख्या २ लाख बढि रहेका छन् । 

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । 

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।