१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोसल मिडियामा रुही सिंह कान्ड भाइरल !



अ+ अ-

भारतको बान्द्रास्थित एक रेष्टुरेन्टको बाहिर ठूलै हंगामा भएको एक भिडियो भाइरल भएको छ । भारतमा राजनीतिक पार्टी र बलिउड कलाकारको भिडियो भाइरल हुनु स्वाभाविक भएपनि यहाँ कथाले अचम्मको मोड लिएको छ ।

यो भाइरल भिडियो न त बलिउड स्टारको हो न त राजनीतिक पार्टीकै यो टिभी नायिका रुही सिंहको हो । रुही सिंह यो हंगमा सोमबार रातीगरेकी हुन् ।

जानकारीका अनुसार नायिका आफैंले गाडी चलाइरहेकी थिइन् । रुही आफ्ना दुई साथीहरु राजेश र राहुलसँग अबेर राती दुई बजे बान्द्राको लिंकिंग रोडको एउटा रेष्टुरेन्टमा पुगिन् । रेष्टुरेन्ट बन्द भइसकेको थियो तर रुहीले रेष्टुरेन्टका कर्मचारीलाई खोल्न अह्राइन् । उनी रेष्टुरेन्टको बाथरुम प्रयोग गर्न चाहन्थिन् । जब रेष्टुरेन्टका कर्मचारीले उनलाई भित्र आउन दिएनन् तब उनले कर्मचारीमाथि हातपात गरिन् । अबेर राती भएको यो हंगामा पछि कर्मचारीले पुलिसलाई फोन गरे ।

पुलिस पुग्दा नायिका र उनका साथीहरु रेष्टुरेन्टका कर्मचारी बहस गरिरहेका थिए । पुलिसले जब नायिकालाई सम्झाए तब रुहीले पुलिसलाई हातपात गर्न थालिन् । घटनाको जब भिडियो बनाइयो तब रुहीले पुलिस लक्ष्मीकान्तको मोबाइल खोसेर थप्पड हानिन् । रुहीसँग भएका दुई साथीले पनि पुलिसलाई धक्का दिए ।

रुही सिंहको एउटा भिडियो भाइरल भइरहेको छ जसमा नायिकाले पुलिसको ब्याचलाई आफ्नो हातमा लिएर ‘ल, बनाउ त भिडियो, मेरो हातमा ब्याच छ’ भनिरहेकी छिन् ।

नायिकाले रक्सी पिए नपिएको भन्नेबारे अहिले नै पुष्टि नभइसकेको बताइएको छ । जानकारीका अनुसार रुहीको कारलाई पनि जफत गरिएको छ । रुहीका दुई साथीलाई पनि पुलिसले पक्राउ गरेको छ तर अबेर राती महिला पुलिस नभएका कारण उनलाई पक्राउ गर्न सकिएको थिएन ।उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यो घटनाका थुप्रै भिडियो सोसल मिडियामा भाइरल भइरहेका छन् ।