२ भाद्र २०८३, मंगलवार
,
Latest
भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि चल्यो मेस्सीको जादु, तीन मिनेटमा दुई गोल



अ+ अ-

काठमाडौं । बार्सिलोनाले ला लिगाको लिडर भिल्लारियलसँग चार–चार गोलको बराबरी खेलेको छ । गोलको वर्षा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा झरेको भिल्लारियलविरुद्ध दुई गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्न सफल भयो ।

निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा फिलिप कोउन्टिन्होको गोलमार्फत बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसपछि १६ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे ।

तर त्यसपछि भिल्लारियलले उत्कृष्ट कमब्याक गर्दै चार गोल गर्न सफल भयो । २३ औं मिनेटमा चुकविजीले गोल गरे भने ५० औं मिनेटमा टोको इकाम्बीले गोल गर्दै खेल दुई दुईको बराबरीमा पुर्‍याए । ६२ औं मिनेटमा लीबोरा र ८० औं मिनेटमा बाक्काले गोल गरेपछि बार्सिलोना चार दुईले पछि पर्‍यो ।

तर ८६ औं मिनेटमा भिल्लारियलका गोञ्जालेज दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झर्न पुग्यो । जसको फाइदा लिँदै बार्सिलोनाले तीन मिनेटमा दुई गोल फर्काउन सफल भयो ।

९० औं मिनेटमा मेस्सीले गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेट लुइस स्वारेजले गोल गर्दै टिमलाई हारबाट बचाए । बराबरीले बार्सिलोनाले ३० खेलबाट ७० अंक बनाएको छ ।