१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीको चेन्नईमाथि मुम्बईको शानदार जित



अ+ अ-

काठमाडौं । साविकको विजेता चेन्नई सुपर किंग्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पहिलो हार खेपेको छ । बुधबार राति भएको खेलमा चेन्नई मुम्बई इन्डियन्ससँग ३७ रनले पराजित भयो । चेन्नईले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।

मुम्बईले दिएको एक सय ७१ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । चेन्नईका लागि केदार जादवले ५८ रन बनाए । सुरेश रैनाले १६, कप्तान महेन्द्र सिंह धोनी र शार्दुल ठाकुरले समान १२–१२ रन बनाए । बलिङमा मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्ड्यले तीन तीन विकेट लिए । जासन बेन्ड्रोफले दुई विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक ५९ रन बनाए । कुर्नल पाण्ड्यले ४२ र हार्दिक पाण्ड्यले अविजित २५ रन बनाए ।

बलिङमा चेन्नईका दिपक चाहर, रोहित शर्मा, इमरान ताहिर, रविन्द्र जडेजा र ड्याने ब्राभोले समान एक एक विकेट लिए । जितसँगै छैटौं स्थानमा रहेको छ । मुम्बईले चार खेलबाट चार अंक बनाएको छ । पहिलो हारसँगै चेन्नईले चार खेलबाट ६ अंक बनाएको छ । चेन्नई तालिकाको दोस्रो स्थानमा छ ।