३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

धोनीको चेन्नईमाथि मुम्बईको शानदार जित

धोनीको चेन्नईमाथि मुम्बईको शानदार जित
अ+ अ-

काठमाडौं । साविकको विजेता चेन्नई सुपर किंग्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पहिलो हार खेपेको छ । बुधबार राति भएको खेलमा चेन्नई मुम्बई इन्डियन्ससँग ३७ रनले पराजित भयो । चेन्नईले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।

मुम्बईले दिएको एक सय ७१ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । चेन्नईका लागि केदार जादवले ५८ रन बनाए । सुरेश रैनाले १६, कप्तान महेन्द्र सिंह धोनी र शार्दुल ठाकुरले समान १२–१२ रन बनाए । बलिङमा मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्ड्यले तीन तीन विकेट लिए । जासन बेन्ड्रोफले दुई विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक ५९ रन बनाए । कुर्नल पाण्ड्यले ४२ र हार्दिक पाण्ड्यले अविजित २५ रन बनाए ।

बलिङमा चेन्नईका दिपक चाहर, रोहित शर्मा, इमरान ताहिर, रविन्द्र जडेजा र ड्याने ब्राभोले समान एक एक विकेट लिए । जितसँगै छैटौं स्थानमा रहेको छ । मुम्बईले चार खेलबाट चार अंक बनाएको छ । पहिलो हारसँगै चेन्नईले चार खेलबाट ६ अंक बनाएको छ । चेन्नई तालिकाको दोस्रो स्थानमा छ ।