३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राष्ट्रपतिको राजिनामा पछि नागरिकले मनाए उत्सव

राष्ट्रपतिको राजिनामा पछि  नागरिकले मनाए उत्सव
अ+ अ-

अल्जियर्स् । अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ ।

उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको राजिनामा माग गर्दै भीषण रुपमा प्रदर्शनहरु भएका थिए । त्यसपछि राष्ट्रपतिले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिनुभएको सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको थियो ।

बुढ्यौलीका कारण अशक्त अवस्थामा पुगेका राष्ट्रपतिको घोषणालगत्तै सडकमा मानिसहरु भेला भएर हिजै खुशीयाली मनाएका थिए । अल्जेरियाको राजधानी अल्जियर्स्का मुख्य चोक र सडकमा मानिसहरु देशको झण्डासहित ठूलो संख्यामा भेला भएका थिए ।

कैयौँ अल्जेरियाली नागरिकले बोतेफ्लि बाहेक अन्य कुनै राष्ट्रिपतिको रुपमा चिनेका नै छैनन् । करिब दुई दशकदेखि शक्तिमा रहेका राष्ट्रपति सन् २०१३ मा हृदयघात भएपछि विरलै मात्र सार्वजनिक कार्यक्रममा देखिने गरेका थिए ।

टेलिभिजन फुटेजमा राष्ट्रपति बोतेफ्लिकाले आफ्नो राजीनामा संवैधानिक परिषदका प्रमुख तायिब बेलाइजलाई बुझाएको देखाइएको थियो । राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी विरोध प्रदर्शन समेत भएका छन् ।

देशव्यापी प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिका विश्वासपात्र उच्च पदस्थ व्यक्तिहरुले समेत राजीनामा दिएका थिए । विगत २० वर्षदेखि अल्जेरियाको राष्ट्रपति रहेका बोतेफ्लिलाई सन् २०१३ मा हृदयाघात समेत भएको थियो ।

राष्ट्रपति बोतेफ्लिे गत फेब्रुअरीमा आफू पुनः राष्ट्रपतिमा उठ्न सक्ने बताएपछि राष्ट्रव्यापी प्रदर्शन तीव्र बन्दै गएको थियो । अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाड्नु भएका ८२ वर्षीय राष्ट्रपति अब्देलाजीजको यो चौथो कार्यकालमा रहेका थिए ।

राष्ट्रपतिले गत महिना राष्ट्रपतिमा उम्मेदवार नहुने घोषणा गर्नुभएको भए तापनि यसै अप्रिलका लागि तयारी गरिएको राष्ट्रपतिको चुनाव एकाएक स्थगित गरेपछि सर्वसाधारणको आक्रोस बढेको थियो । गत मङ्गलबार अल्जेरियाका सेनाप्रमुख जनरल अहमद सलाहले राष्ट्रपति स्वयंले राजीनामा गर्नुपर्ने अथवा संसदले राष्ट्रपतिलाई संविधान बमोजिम विस्थापित गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

सेनाप्रमुख सलाहलाई सन् २००४ मा राष्ट्रपति बोतेफ्लिले नै नियुक्त गरेका थिए । गत बुधबार हालै मात्र हटाइएका प्रधानमन्त्री अहमद औहाइयाले पनि राष्ट्रपतिको राजीनामा माग गरेका थिए ।

अल्जेरियाको संविधानअनुसार राष्ट्रपतिले राजीनामा बुझाएको अवस्थामा राष्ट्रियसभाका सभामुखले अन्तरिम राष्ट्रपतिका रुपमा कार्य गर्न सक्नेछन् । अन्तरिम राष्ट्रपतिले ९० दिनभित्र राष्ट्रपतिको चुनाव गराउनुपर्ने प्रावधान यहाँको संविधानमा छ । –एएफपी