१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागाल्याण्डमा सुरक्षाकर्मीबाट गोली चल्दा १३ जनाको मृत्यु, आक्रोशित स्थानीयले गाडी जलाए



अ+ अ-

एजेन्सी । भारतको नागाल्याण्डको मोन जिल्लामा सुरक्षाकर्मीबाट गोली चल्दा १३ स्थानीयले ज्यान गुमाएका छन् । 

मृतकहरु उग्रवादी संगठन एनएससीएनसँग सम्बन्धित रहेको आशंकामा सुरक्षाकर्मीले गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । घटनापछि त्यस क्षेत्रमा हिंसा बढेको र सुरक्षाकर्मी र स्थानीय मानिसहरुबीच झडप समेत हुन पुगेको बताइएको छ । 

आक्रोशित स्थानीयले सुरक्षाकर्मीको गाडीमा समेत आगो लगाएका छन् । झडपमा सुरक्षाकर्मीले गोली समेत चलाएको बताइएको छ भने सुरक्षाकर्मीको एक जवान समेत मारिएका छन् । 

नागाल्याण्डका मुख्यमन्त्री निफियु रियोले शान्तिको अपिल गर्दै नागरिकहरुको हत्या निन्दनीय भएको बताएका छन् ।

गृहमन्त्री अमित शाहले ट्वीटरमार्फत दुर्भाग्यपूर्ण घटनाले दुःखी तुल्याएको भन्दै मृतकको परिवारप्रति समवेदना प्रकट गरेका छन् । 

राज्य सरकारले घटनाको उच्च जाँच एसआइटी गर्ने र पीडित परिवारहरुले न्याय पाउने आश्वासन दिएका छन् ।